काठमाडौँ, ९ माघ । प्रमुख राजनीतिक दलका शीर्ष नेता र संविधान संशोधन गर्न भाषा पारिमार्जनका लागि गठन भएको कार्यदलबीच कुन संशोधनलाई पारित गर्ने भन्ने विषयमा अझै सहमति हुन नसक्दा संसद् बैठक प्रभावित भएको छ ।
उक्त विषयमा सहमति हुन नसक्दा संशोधन विधेयकमा अझै अन्योल कायम छ । यद्यपि, दलहरुले सहमतिनजिक पुगेको बताएका र चाँडै बैठक बस्ने तयारी भइरहेको संसद् सचिवालय स्रोतले जनाएको छ ।
संविधान संशोधनका लागि मूल संशोधनसहित २४ वटा संशोधन प्रस्ताव परेका छन् । कुन प्रस्तावलाई समेटेर अघि बढ्ने भन्ने विषयमा नै केन्द्रित रहेर प्रमुख दलहरुबीच छलफल भइरहेको बताइएको छ ।
छलफलमा प्रधानमन्त्री केपी ओलीसहित अन्य दलका शीर्ष नेता, सचेतक र कार्यदलका पदाधिकारी सहमतिको प्रयासमा जुटिरहनुभएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग