काठमाडौँ, ९ माघ । राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख राजनीतिक दलले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकलाई सबैको चित्त बुझ्ने गरी पारित गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित सत्तारुढ प्रमुख दलको बैठकले संशोधन विधेयकका केही भाषागत विषय मिलाएर पारित गर्ने निर्णय गरेको हो ।
विधेयकमा आएका संशोधन प्रस्तावलाई भाषागत विषय मिलाउन कानुनमन्त्रीसहितको कार्यदल बसेर आजको संसद् बैठक बस्नुअघि मिलाउने जिम्मेवारी दिइएको छ । बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्राप्त संशोधनमा दुई वटा प्रस्तावलाई सकेसम्म सबैलाई स्वीकार्य हुने खालको प्रस्ताव बनाएर परिमार्जनसहित पारित गर्ने सहमति भएको बताउनुभयो । “परिमार्जनको भाषा अलिकति कहाँ कसरी मिलाउने भनेर केहीबेरपछि कानुनमन्त्रीसहित कार्यदल बसेर सहमतिको प्रस्ताव बनाउने गरी जिम्मेवारी दिइएको छ,”–उहाँले भन्नुभयो । पूर्ववर्ती सरकारले पेस गरेको संशोधन विधेयकमा निर्वाचन क्षेत्र निर्धारण र राज्यका हरेक निकायमा समावेशी–समानुपातिक प्रतिनिधित्वसम्बन्धी प्रस्तावबारे प्रमुख तीन दल करिब सहमति नजिक पुगेपनि पछिल्लो भिन्न प्रस्तावमा सहमति जुट्न सकेको छैन ।
केही साताअघि नेपाली काँग्रेसका महामन्त्री बिमलेन्द्र निधिसहितका मधेसी मुलका नेताले मधेसी मोर्चाको मागलाई सम्बोधन गर्ने गरी जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको संशोधन प्रस्ताव संसद्मा दर्ता गराउनुभएको थियो । उक्त प्रस्तावमाथि सत्तारुढ प्रमुख दल नेकपा (एमाले) ले असहमति जनाएको छ, भने एकीकृत नेकपा (माओवादी)ले दुवैलाई मिलाएर लैजान सकिने धारणा राख्दै आएको छ ।
निधिको प्रस्तावअनुसार जनसङ्ख्यालाई मात्र आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने र भूगोल बढी भएका र कम जनसङ्ख्या भएको ठाउँमा विशेष क्षेत्र निर्धारण गरिनुपर्ने उल्लेख छ । यसमा अघिल्लो प्रस्तावबमोजिम सत्तारुढ दलले भूगोल र जनसङ्ख्याकै आधारमा क्षेत्र निर्धारण गरिनुपर्ने अडान लिएका छन् । सरकारको नेतृत्वकर्ता दल एमालेले आफूहरुको सल्लाहविना त्यस्तो प्रस्ताव ल्याइएको भन्दै आपत्ति जनाउँदै आएको छ । त्यसबारे सहमति खोज्न दुईपक्षीय अनौपचारिक छलफल जारी छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित सत्तारुढ प्रमुख दल एमाले, एमाओवादी, राप्रपा नेपाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्षस्त नेताको सहभागिता थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग