लन्डन । बेलायती अखवार फाइनान्सियल टाइम्स् को सहप्रकाशन दि बैंकरले प्रदान गरेको उत्कृष्ट अर्थमन्त्रीको अवार्ड थापेर पूर्व अर्थमन्त्री डा. रामशरण महत बिहीबार अमेरिका उडे । यूके रहंदा महतलाई हिथ्रो विमानस्थलमा स्वागत गर्न, दूतावाससम्म लैजान, अवार्ड थाप्न, ख्वाउन पिलाउन धेरै नै पछाडि लागे । कांग्रेस निकट नेपाली जनसम्पर्क समिति, बेलायतले आफ्ना नेता महतको सम्मानमा कार्यक्रम राखेको भोलिपल्ट दूतावासमा एकै प्रकृतिको कार्यक्रम राखियो । दूतावास र एनआरएनए यूकेको ब्यानरमा आयोजित थियो बुधबार सांझको कार्यक्रम ।
तर, एनआरएन यूकेकै अधिकांश पदाधिकारी र बेलायतस्थित एमाले नेता कार्यकर्ता दूतावास पुगेनन् । प्रवासी नेपाली मञ्च, यूकेले दूतावास कार्यक्रम वहिष्कार गर्यो । मञ्चका अध्यक्ष रामशरण सिम्खडा भन्छन्, ‘देश टाट पल्टाउने र भ्रष्टाचारी एउटा पूर्व मन्त्रीलाई जसरी सम्मान गरियो, हामीले त्यसलाई स्वीकार्न सकेनौं र वहिष्कार गरिएको हो । कालो झण्डा देखाउने कार्यक्रम पनि थियो तर एउटा सभ्य नागरिकले त्यसो गर्न उचित ठानिएन ।’
सिम्खडाका भनाइमा महत एकजना सभासद र पूर्व अर्थमन्त्रीमात्र हुन् । ‘महतलाई नेपाल सरकारको भवन र सुविधा जसरी प्रदान गरियो, मलाई शंका छ महत जस्तै अरु कोही सभासद भविष्यमा यूके आए त्यस्तो सम्मान पाउंछन् ?’, सिम्खडाले भने, ‘महतको सम्मानमा एनआरएनए युरोप संयोजक र कार्यवहाक राजदूत नै संलग्न हुनु दुर्भाग्य हो ।’
कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले भने महतलाई परराष्ट्रकै निर्देशनमा सम्मान गरिएको जनाए । ‘महतबाट केही कुरा सुन्न र सिक्न भनेर कार्यक्रम गरिएकोमा अन्यथा मान्न आवश्यक छैन् । हामी निर्देशन आए अरु जुनसुकै पार्टीका नेता, मन्त्री आउंदा पनि स्वागत गर्छौं’, क्षेत्रीले प्रष्ट्याए ।
अवार्ड महतको आसन्न कांग्रेस महाधिवेशनमा चुनाव जित्ने एउटा प्रोपोगाण्डामात्र भएको दावी सिम्खडाको छ ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त