
काठमाडौ, ६ माघ । सरकारले मुलुकको हवाई सुरक्षा विश्वासिलो बनाउनका लागि अन्तर्राष्ट्रिय र घरेलु विमानस्थल दुबैलाई बलियो बनाएर लैजाने तयारी गरेको छ ।
सिन्हवा समाचार समितिले आज यहाँ आयोजना गरेको ‘नेपाल–चीनबीचको उड्डयन सहकार्यः अवसर र चुनौती” विषयक गोष्ठीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थलका साथै घरेलु विमानस्थललाई पनि बलियो बनाउने सरकारको तयारी भइरहेको बताउनुभएको छ ।
हाल एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले पोखरा विमानस्थल, गौतमबुद्ध विमानस्थल र निजगढ विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने सरकारको तयारी रहेको मन्त्री पोखरेलले जानकारी दिनुभयो । “पोखरा विमानस्थल निर्माण दुई देशको सम्बन्धको सेतु हो” उहाँले भन्नुभयो । विमानस्थल निर्माणका लागि चीन सरकारले रु दुई अर्ब २० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ ।
विगतमा आन्तरिक उडानका लागि चीन सरकारले एम ६० र वाई १२ जहाज अनुदानमा दिएको छ । ‘एम ए छ’ एउटा र वाई १२ को तीनवटा गरी चारवटा जहाज चीनबाट ल्याउने तयारी भइरहेको छ । मन्त्री पोखरेलले चीनबाट चारवटा विमान निकट भविष्यमै ल्याउने र १७ वटा घरेलु विमानस्थल निर्माणको काम पनि वैखाशसम्म निर्माण पूरा गरेर विमाानस्थल सञ्चालन गरेर यात्रुलाई टिकट नपाउने अवस्थाको अन्त्य गर्ने बताउनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले नेपाल–चीनबीचको सहयोग एक–अर्कामा राम्रो भएको भन्दै नेपालको सामाजिक र आर्थिक विकासका लागि निरन्तर सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल नागरिक उड्डयन प्राधिरकणका प्रबन्ध निर्देशक सञ्जिव गौतम, एयरलाइन्स एसोसिएसन अफ नेपालका अध्यक्ष रामेश्वर थापालगायतले नेपालमा पर्यटन उद्योगको विकासका लागि हवाईसेवा पर्याप्त हुनुपर्नेमा जोड दिनुभयो ।
सिन्हवा समाचार समिति काठमाडौँ ब्युरोका प्रमुख झाउ सेङपिङले नेपाल–चीनबीचको पर्यटन विकासमात्र नभई आर्थिक र सामाजिक विकासमा पनि उड्डयन सहकार्य महत्वपूर्ण भएको बताउनुभयो ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत