
काठमाडौ, ६ माघ । सरकारले मुलुकको हवाई सुरक्षा विश्वासिलो बनाउनका लागि अन्तर्राष्ट्रिय र घरेलु विमानस्थल दुबैलाई बलियो बनाएर लैजाने तयारी गरेको छ ।
सिन्हवा समाचार समितिले आज यहाँ आयोजना गरेको ‘नेपाल–चीनबीचको उड्डयन सहकार्यः अवसर र चुनौती” विषयक गोष्ठीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थलका साथै घरेलु विमानस्थललाई पनि बलियो बनाउने सरकारको तयारी भइरहेको बताउनुभएको छ ।
हाल एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले पोखरा विमानस्थल, गौतमबुद्ध विमानस्थल र निजगढ विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने सरकारको तयारी रहेको मन्त्री पोखरेलले जानकारी दिनुभयो । “पोखरा विमानस्थल निर्माण दुई देशको सम्बन्धको सेतु हो” उहाँले भन्नुभयो । विमानस्थल निर्माणका लागि चीन सरकारले रु दुई अर्ब २० करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ ।
विगतमा आन्तरिक उडानका लागि चीन सरकारले एम ६० र वाई १२ जहाज अनुदानमा दिएको छ । ‘एम ए छ’ एउटा र वाई १२ को तीनवटा गरी चारवटा जहाज चीनबाट ल्याउने तयारी भइरहेको छ । मन्त्री पोखरेलले चीनबाट चारवटा विमान निकट भविष्यमै ल्याउने र १७ वटा घरेलु विमानस्थल निर्माणको काम पनि वैखाशसम्म निर्माण पूरा गरेर विमाानस्थल सञ्चालन गरेर यात्रुलाई टिकट नपाउने अवस्थाको अन्त्य गर्ने बताउनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले नेपाल–चीनबीचको सहयोग एक–अर्कामा राम्रो भएको भन्दै नेपालको सामाजिक र आर्थिक विकासका लागि निरन्तर सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल नागरिक उड्डयन प्राधिरकणका प्रबन्ध निर्देशक सञ्जिव गौतम, एयरलाइन्स एसोसिएसन अफ नेपालका अध्यक्ष रामेश्वर थापालगायतले नेपालमा पर्यटन उद्योगको विकासका लागि हवाईसेवा पर्याप्त हुनुपर्नेमा जोड दिनुभयो ।
सिन्हवा समाचार समिति काठमाडौँ ब्युरोका प्रमुख झाउ सेङपिङले नेपाल–चीनबीचको पर्यटन विकासमात्र नभई आर्थिक र सामाजिक विकासमा पनि उड्डयन सहकार्य महत्वपूर्ण भएको बताउनुभयो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग