लन्डन । नेपालका भूकम्प पीडितलाई सघाउन लन्डनमा तीन घुम्ती फिल्मको च्यारिटी शो गरिने भएको छ । नेपाल विद्यार्थी संघ बेलायतले इन्टरनेशनल नेपलिज आर्टिष्ट सोसाइटी (इनास) यूके र एभरेष्ट इन रेष्टुरेन्टको सहकार्यमा यही जनवरी २४ मा फिल्म प्रदर्शन गर्न लागेको हो । ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा दिउसो एक बजे फिल्म देखाइने कार्यक्रम छ ।
प्रवेश शुल्क दश पाउण्ड राखिएको जनाउंदै संघका उपसभापति रेशम बस्यालले फिल्म हेरिदिएर भूकम्प पीडितलाई सहयोग गर्न अपिल गरेका छन् ।
वीपी कोइरालाको चर्चित उपन्यास तीन घुम्तीमा आधारित उक्त फिल्म बाबुराम ढकालले निर्देशन गरेका हुन् । उक्त सिनेमामा बेलायतमै रहेका नायक ध्रुव दत्तसहित गरिमा पन्त, सुशान्त कार्की, भुवन चन्द, मदनदास श्रेष्ठ, लक्ष्मी गिरी, तीर्थ थापा आदिको अभिनय छ ।
उक्त फिल्मले बेलायतमा राम्रो प्रतिष्ठा बटुलिरहेको नायक दत्तले जनाए ।
अल्डरसटमा प्रिमियर गरिएपछि उक्त सिनेमा रेडिङ, क्याट्रिक, ननिटन, योर्क, एवरडिन र फोकस्टनमा प्रदर्शन भइसकेको छ ।
आगामी जनवरी ३० मा ब्रेकन वेल्स र फेब्रुअरी ६ मा कोलचेष्टरमा समेत प्रदर्शनको तयारी भएको दत्तले जनाए । दर्शकहरुले औधि रुचाएकाले लन्डन ह्यारोस्थित सफारी सिनेमा हल, बेजिङस्टोक, अक्सफोर्ड र वकिङमा समेत देखाइने बताइएको छ ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह