लन्डन । बेलायतमा अहिले दुई गायिका इन्दिरा जोशी र सुनिता दुलालका साथ नृत्य निर्देशक गोविन्द राईको गोर्खा कल्चरल नाइट हप्तै पिच्छे चलिरहेको छ ।
ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले झिकाएका ति कलाकारहरुले फार्नबोरो, रेडिङ र ग्रेजमा कार्यक्रम भ्याइसके । भोलि शनिवार योर्कमा हुंदैछ कार्यक्रम ।
फेब्रुअरी ७ मा अन्तिम शो हुनु अगाडि अझै धेरै शहरमा कार्यक्रम बांकी छ ।
कार्यक्रमबाट भर्खर स्थापित ब्रिटिश गोर्खा नेपलिज काउन्सिलले नाम चाहिं कमाएको छ तर आर्थिक रुपमा मालामाल इन्दिरा र सुनितामात्र भएका छन् ।
आयोजकका अनुसार, ति कलाकारले एउटा शोबाट कम्तीमा ६ सय ५० पाउण्ड लिने गरेका छन् । नृत्य निर्देशक राईको रेट अलिक कम भएपनि इन्दिराको सबैभन्दा उच्च छ भने त्यसपछि सुनिताको । हल भाडा र कार्यक्रम स्थलसम्म लान ल्याउन कलाकारलाई यातायात खर्च छंदैछ । तर, विन्टर सिजन र अरु कलाकारको पनि कार्यक्रम जुधेकाले दर्शक उपस्थिति आशातित नभएपछि आयोजकलाई आर्थिक रुपमा नोक्सानी भएको छ ।
‘होटलमा राख्नुपर्यो, आवत जावत, खाना र सपिङ समेत गरिदिनुपर्दा हामीलाई आर्थिक भार त कति हो कति’, काउन्सिल सम्वद्ध एक पदाधिकारीको गुनासो छ, ‘ज्योति मगरको भिजा नलागेपछि अलिक हतारमा यी कार्यक्रम तय गरिए । अलिक बढि समय र राम्रो प्रचारप्रसार गर्न सकेको भए त कार्यक्रम चल्थ्यो कि ।’
जनवरी २ को पहिलो शो नै निरासाजनक भएको थियो । त्यही दिन तमुहरुको ल्होछार परेपछि हलसम्म आउने दर्शक संख्या न्यून भएर गायिका इन्दिरा स्वयंले शोलाई पारिवारिक जमघट भनेकी थिइन् । पहिलो शोमा सुनिता उपस्थित थिइनन् ।
काउन्सिलले मुटु माथि ढुंगा राखेरै भएपनि मुस्कान दिइरहेको छ कारण ति कलाकारसंग नाम नजोडिएको भए उसको नाम यति फैलिने थिएन ।

नरेन्द्र बस्नेतको क्यामेरामा गायिका सुनिता दुलाल । कलाकारहरुलाई दर्शकले शिरमा चढाइदिने नगद पनि थप आम्दानीको श्रोत बन्छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार