लण्डन । लेखनकाे माध्यमबाट पहिचानकाे मुद्दालाई सशक्त पार्ने स्रष्टा र कृतिलाई प्राेत्साहन गर्ने उद्देश्यले पहिचान पुरस्कारकाे स्थापना गरिएकाे छ ।
लण्डन निवासी साहित्यकार तथा सामाजिक कार्यकर्ता नरेश काङमाङ राईकाे पहलमा साे पुरस्कारकाे स्थापना भएकाे हाे ।
पुरस्कारकाे राशी शुरूमा २ लाख ५ दुई रूपियाँ हुने बताइएकाे छ । साे राशीलाई हरेक पाँच/पाँच वर्षमा बढाउँदै लगिने पनि जानकारी दिइयाे ।
हरेक वर्ष उभौली यामसँगै साे पुरस्कार प्रदान गरिने बताइएकाे छ ।
पुरस्कार कोषका दाताहरु बेलायतका विभिन्न सामाजिक संस्थामा अाअद्ध ब्यक्ति ब्यक्तित्वहरु छन् ।
साे पुरस्कारकाे स्थापनाबाट पहिचानसम्बन्धि अध्ययन अनुसन्धानमा प्राेत्साहन मिल्ने र पहिचान सम्बन्धि लेखन सक्रिय हुने अाशा संस्थापक काङमाङकाे रहेकाे छ । जसबाट नेपाली समाजमा रहेको पुरानो मनोविज्ञानलाई लेखनबाट भत्काउँदै, नयाँ बहुल समाज निर्माण गर्न सहयाेग पुग्ने विश्वास उनले व्यक्त गरे ।
पहिचानको बारेमा लेखिएका सबै विधाका कृतिहरू पुरस्कारकाे दाबेदार हुन सक्ने छन् । पुरस्कार वितरण गरिंदा पुरस्कृत स्रष्टाकाे रिति संस्कारअनुसार सम्मान र पुरस्कृत गरिने बताइएकाे छ । पहिचानलाई विखण्डनको नारासँग जाेडेर हेर्ने गरिएकाेमा त्यसलाई सहिष्णुतामा परिणत गर्ने यस्ता कार्यले सहयाेग गर्ने संस्थापक काङमाङकाे अपेक्षा छ । यसका लागि सुरुका केही वर्ष नेपाली भाषामा लेखिएका पहिचानको मुद्दामा केन्द्रित कृतिलाई नै प्राथमिकतामा राखी पुरस्कृत गरिने याेजना उनले सुनाए । ‘भविष्यमा भने जातlको संस्कार, संस्कृति, ईतिहासका बारेमा लेखिएको कृतिहरुलाई र नेपालीबाहेक अन्य भाषामा लेखिएका पहिचानको मुद्दामा केन्द्रित कृतिहरूलाई पुरस्कृत गर्दै लान सकिनेछ’ उनले भने ।
२१ औं शताब्दीमा आइपुग्दा पहिचानविहीन व्यक्ति र समुदाय संसारमा गरीब, निमुखा भई बाँचिरहेकाे पहिचानलाई सहिष्णुताका साथ स्वीकार र संरक्षण गर्ने राष्ट्रहरू विकासको चरम उत्कर्षमा पुगिसकेका दाबी संस्थापकहरूले गरेका छन् । पहिचान मान्छेको लागि अनिवार्य आवश्यकता भएकोले नेपालजस्तो विकासोन्मुख राष्ट्रमा पहिचानको मुद्दा तेजिलो बनिरहेको तर, राज्यपक्षले हरेक क्षेत्रमा सीमान्तीकृत् पारिएका जाति र समुदायलाई पहिचान दिन नमानिरहेको उनीहरूकाे निस्कर्ष छ । तसर्थ, लेखनको माध्यमबाट पहिचानको मुद्दालाई जीवन्त दिन पहिचानसम्बन्धि लेखिएका पुस्तक, कृतिलाई सम्मान र पुरस्कृत गर्दै ‘पहिचान पुरस्कार’ को घोषणा गरिएको बताइएकाे छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय