लन्डन । सेवाग्राहीले नेपालबाट बनेर आएका मेसिन रिडेवल पासपोर्ट (एमआरपी) संकलन गर्न नआइदिएपछि लन्डनस्थित नेपाली दूतावासलाई अहिले व्यवस्थापनमा सास्ती भएको छ । सांघुरो कोठामा दिनदिनै पासपोर्ट थपिंदा भएका दराज भरिइसके ।
२४ नोभेम्बरपछि हस्त लिखित राहदानी मान्य नहुने अन्तर्राष्ट्रिय नियमले हतार हतार बनाइएका एमआरपी बनिसकेपछि भने संकलन गर्न नआइदिंदा तिनलाई कहां, कसरी राख्ने दूतावासलाई टाउको दुखाइ भएको हो ।
‘सांघुरो ठाउं छ, मानिसहरु बनेको एमआरपी लिन आउंदैनन्’, कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले गुनासो गरे, ‘सूचना दिएर बारम्बार ताकेता गरिरहेपनि धेरैले बेवास्ता गरेको पाइएको छ । समयमै लिन नआए ति नेपाल नै फर्काउन वाध्य हुनेछौं ।’
राहदानी जस्तो महत्वपूर्ण वस्तु सधैं वेवारिसे अवस्थामा राख्न नसकिने दूतावासको भनाइ छ । क्षेत्रीले व्यस्तताका कारण कार्यालय नै आउन नसके आवश्यक रकम तिरेर पोष्टलबाट पनि लिन सकिने प्रवन्ध मिलाइएको जनाए ।
हाल एकहजार भन्दा बढि पासपोर्ट राहदानी फांटमा असरल्ल छन् ।
दूतावासले होम अफिसमा केस विचाराधिन रहेर पुरानो हस्तलिखित राहदानी साथमा नभएपनि एमआरपी दिने व्यवस्था मिलाइएको जनाएको छ । एउटा फर्म भरेर दूतावासलाई दिएपछि उसले एमआरपी उपलव्ध गराउने छ तर दूतावासबाटै होम अफिस लगायत निकायमा पुरानो राहदानी रद्द गरिएको जनाउंदै ‘नल एण्ड भ्वाइड’ गरिने छ ।
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय