लन्डन । ब्रिटिश अभिनेत्री एवं गोर्खा वेलफेयर ट्रष्टकी उप संरक्षक जोआना लुम्ले (ओबिइ) ले भूकम्प पीडित गोर्खा भेट्रान र विधवालाई सघाउन अपिल गरेकी छन् । बीबीसी रेडियो फोरमार्फत प्रत्येक साता प्रसारित उनको तीन मिनेट लामो अपिलमा गत अप्रिलको विनाशकारी भूकम्पछि हजारौंको ज्यान गएको, गोर्खा भेट्रानसहित लाखौं घरवारविहीन भएका र त्यतिनै वालवालिका टुहुरा भएका उल्लेख गर्दै मानवीय संकटको घडीमा सहयोग गर्न आग्रह गरिएको छ ।
गोर्खाहरुले बेलायतका लागि दुई सय वर्षसम्म लडेको स्मरण गर्दै उनले अहिले विशेष गरि ग्रामीण भेगमा बस्ने भेट्रानहरुको जीवन ज्यादै कष्टकर बनेको जनाएकी छिन् । ट्रष्टले भेट्रानहरुको आवास प्रवन्धका लागि घरहरु पुनर्निर्माण गरिरहेको जनाउंदै लुम्लेले यस कार्यमा सघाउन सबैमा अपिल गरेकी हुन् । उनले अन्तिममा नेपालीमा धन्यवाद भनेकी छिन् ।
कुनै बेला जोआनाका पिता सिक्थ गोर्खा राइफल्स्मा कार्यरत भएकाले पनि जोआनाको भूपू गोर्खाहरुप्रति बढि माया र लगाव छ । उनकै सशक्त अभियानले भूपू गोर्खाहरुले सन् २००९ मा आवासीय अधिकार पाएका थिए । जोआनाले च्यारिटेवल उक्त ट्रष्टको अनुरोधलाई स्वीकार्दै सन् २००९ उपसंरक्षकको पद स्वीकारेकी थिइन् । संरक्षक भए यता उनले नेपालस्थित ट्रष्टका विभिन्न प्रोजेक्ट समेत अवलोकन गरिसकेकी छन् ।
उनले ब्रिटिश आर्मीमा गोर्खा भर्तीको दुई सय वर्ष मनाउने क्रममा ट्रष्टमार्फत कयौं च्यारिटी कार्यक्रमलाई समेत सहयोग गरेकी थिइन् ।
ट्रष्टले गोर्खा भेट्रानहरुको आर्थिक, औषधोपचार र अन्य विकासमा आगामी ५ वर्षभित्र २२ मिलियन पाउण्ड खर्च गर्ने लक्ष्य लिएको छ । उसले अहिले २१ सय घर पुनर्निर्माणको प्रतिवद्धता अघि सारेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?