गुल्मी (तम्घास), ३० पुस । गुल्मी जिल्लामा एक महिलाले एकै पटकमा चार सन्तान जन्माएकी छिन् ।
यसरी चारजना चुम्ल्याहा सन्तान जन्माउनेमा गुल्मी जैसिथोक गाविस–२ अन्तर्गत रातोपोखरा निवासी २६ वर्षीया गीता कुँवर रहेकी छिन् ।
उनले आज बिहान पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवासमा शल्यक्रियामार्फत उक्त बच्चा जन्माएकी हुन् । जन्मेका चारजना बच्चामध्ये दुई छोरा र दुई छोरी रहेका छन् । जसमध्ये एक छोरा र एक छोरीको तौल एक किलो सात सय ग्राम छ भने अन्य दुई बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको बताइएको छ ।
जन्मेका चारैजना बच्चाको स्वास्थ्य स्थिति सामान्य रहेको लुम्बिनी मेडिकल कलेजका डा विनिता थापाले जानकारी दिनुभयो । उक्त चारैजना बच्चालाई डा थापा, डा श्रीयसी अर्याल, डा दीपक श्रेष्ठलगायतको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर निकालेका हुन् ।
तम्घासस्थित रेसुङ्गा अस्पतालबाट रिफर भएपछि गत दुई महिनादेखि कुवँर प्रसूतिका लागि पाल्पामै अस्पतालमा बसिरहेकी थिइन् । कुवँरले गत दुई वर्षअघि पनि जुम्ल्याहा सन्तान जन्माएकी थिईन तर ती दुवै सन्तानको जन्मनासाथ मृत्यु भएको थियो ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत