काठमाडौँ, २४ पुस । उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले गत वैशाखमा गएको भूकम्पले दलित वर्ग र सीमान्तकृत समुदाय धेरै प्रभावित भएको बताउनुभएको छ ।
समता फाउण्डेसन नामक सामाजिक संस्थाले आज आयोजना गरेको भूकम्पपश्चात् दलित र सीमान्तकृत समुदायको उद्धार कार्यक्रम र भावी रणनीति विषयक एक दिवशीय कार्यशालाको उद्घाटन गर्दै उहाँले ग्रामीण क्षेत्रका विकट बस्तीमा बसोवास गर्दै आएका ती समुदायले सरकारी तथा गैरसरकारी संस्थाले उपलब्ध गराएको राहत प्राप्त गर्न नसकेको बताउनुभयो ।
उपप्रधानमन्त्री रायमाझीले मुलुकमा भूकम्पलगायत विपत् आउँदा त्यसको उचित व्यवस्थापन तथा दीर्घकालमा गरिने गुरुयोजना बनाउन खाँचो औँल्याउँदै पुनःनिर्माणको अभियान माघ २ गतेदेखि प्रारम्भ गर्न लागिएको जानकारी दिनुभयो ।
सो फाउण्डेसनद्वारा नेपालको मध्य तथा पश्चिम क्षेत्रका छ जिल्लामा गरिएको अध्ययन तथा अनुसन्धानले दलित समुदायलाई लक्षित गरेर राहत वितरण नगरिएको र केही स्थानमा वितरण गरिएकामा पनि छुवाछूत र विभेद्का घटना पाइएको छ ।
कार्यक्रम आयोजक संस्थाका अध्यक्ष पद्म सुन्दासले समाजमा लामो समयदेखि हेपिएका दलित वर्ग र सीमान्तकृत समुदायको उत्थानका लागि आफ्नो संस्था क्रियाशील रहेको बताउँदै सरकारले उनीहरुको संरक्षणमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा दलित समुदायका सांसद मीन विश्वकर्मा, जीतु गौतम, कमला परियारलगायतले दलितलाई सहयोग र राहत उपलध गराउन सम्बन्धित दलित संस्थाले सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
गृह मन्त्रालयका प्रतिनिधि प्रदीपकुमार कोइराला, दलित अधिकारकर्मी डा. बुद्धि नेपाली, विपत् व्यवस्थापन विज्ञ दीपक पौडेल, लजना मानन्धरलायतले विपतको समयमा भएको क्षतिलाई मूल्याड्कन गरी त्यसको व्यवस्थापन तथा पुनःनिर्माणका लागि आवश्यक संयन्त्र तयार गर्न सुझाव दिनुभयो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार