
मकवानपुर फापरबारीमा निर्माण गरिएको २५ किवा क्षमताको वायु–सौर्य मिश्रित विद्युत्् परियोजना । यस परियोजनाबाट स्थानीय १३१ घरमा विद्युत् सुविधा उपलब्ध भएको छ । तस्बिर ः कृष्ण अधिकारी, रासस
काठमाडौँ, २३ पुस । नेपालका विविधतायुक्त पर्यावरणीयस्थलमा उपयुक्त वैकल्पिक ऊर्जा प्रविधिको सम्भाव्यता अध्ययन विषयमा छलफल गर्न नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले सरोकारवालासँग छलफल गरेको छ ।
बुधबार भएको छलफलमा बोल्दै विज्ञान तथा प्रविधि मन्त्री एवम् नाष्टका सहकुलपति शिवलाल थापामगरले मुलुकमा वर्तमान असहज परिस्थितिका कारण इन्धनको सङ्कट भइरहेको अवस्थामा यस किसिमको कार्यक्रमको आयोजना हुनु अत्यन्त सान्दर्भिक रहेको बताए ।
उनले नाष्टले सर्वसाधारण जनताले सहजरुपमा प्रयोग गर्नसक्ने किसिमको वैकल्पिक ऊर्जाको अनुसन्धान र विकासमा विशेष जोड दिनुपर्ने सुझाव पनि दिए । मन्त्री थापाले भने – “हाल युवा वैज्ञानिक तथा प्राविधिज्ञहरुको बढ्दो विदेश पलायन चिन्ताको विषय हो । यस प्रवृत्तिलाई रोकी उनीहरुलाई स्वदेशमै आफ्नो क्षमता उपयोग गर्ने वातावरण सिर्जना गर्नेतर्फ मन्त्रालय क्रियाशील छ ।”
उनले यसका लागि निकट भविष्यमै युवा वैज्ञानिक तथा प्राविधिज्ञहरुको जमघट आयोजना गरी प्राप्त सुझावका आधारमा उनीहरुको सिर्जनशीलतालाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रमहरु ल्याउने तयारी मन्त्रालयले गरिरहेको जानकारी दिए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नाष्ट) का उपकुलपति प्रा डा जीवराज पोखरेलले नेपालमा जटिलरुपमा देखा परिरहेको वैज्ञानिक तथा प्राविधिज्ञहरुको विदेश पलायनलाई रोक्न नास्टले विभिन्न कार्यक्रमहरु गरिरहेको बताए ।
उनले समयमै बजेट प्राप्त हुन नसक्दा मुलुकले सामना गर्नुपरेको विनाशकारी भूकम्प र नाकाबन्दीका कारण अपेक्षा गरेअनुरुप कार्य गर्न नसकेको बताए । उनले भने – “तर नेपाल सरकारले यस वर्ष समयमै बजेट उपलब्ध गराउने हो भने हामी अझै पनि छोटो समयमै विज्ञान प्रविधिको विकास र वैकल्पिक ऊर्जा क्षेत्रमा उल्लेखनीय कार्य गर्न सक्दछौँ ।”
विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले नेपाल प्राकृतिक स्रोत साधनको दृष्टिले सम्पन्न मुलुक भएपनि त्यसको सही उपयोग हुन नसकेका कारण विकासको बाटोमा पछि परेको धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन