काठमाडौँ, २२ पुस । परराष्ट्र तथा उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतबाट आरम्भ हुने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले दुवै छिमेकीसँगको सम्बन्ध समानता र पारस्परिक हितका आधारमा अघि बढ्ने बताउँदै प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि प्रारम्भिक तयारी सुरु भइसकेको जानकारी दिनुभयो । यद्यपि कुन मितिमा भारत भ्रमण हुने हो भन्नेबारेमा भने केही बताउनु भएन ।
उहाँले नेपाल–भारत सीमा नाकामा देखिएको असमझदारी हट्दै गएकाले वीरगञ्जबाहेक सबै नाका सहजरुपमा सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री थापाले नेपाल भारत र चीनको आर्थिक करिडोर केन्द्रबिन्दु बनाउन सके देशले निकै छिटो समृद्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विभिन्न मुलुकमा चाँडै राजदूत नियुक्ति गरिने जानकारी पनि दिनुभयो ।
तराई मधेसमा संविधानका विषयलाई लिएर आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्ता निष्कर्षतर्फ उन्मुख रहेको बताउँदै उपप्रधानमन्त्री थापाले भन्नुभयो – “समस्या समाधानका लागि खाका तयार हुँदै गएको छ ।”
परराष्ट्रमन्त्रीका हैसियतले आफूले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उहाँले त्यो लक्ष्य प्राप्त गर्न संरचनागत र नीतिगत सुधारमा जोड दिइएको बताउनुभयो ।
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर