काठमाडौँ, १७ पुस । पूर्व सभासद् विनोद पहाडीको नेतृत्वमा गठित एक अध्ययन टोलीले भूकम्प प्रभावित विभिन्न जिल्लाको अध्ययन गरेको छ ।
समता फाउन्डेसन र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) ले संयुक्तरूपमा आयोजना गरेको सो अध्ययन टोलीले दोलखा, सिन्धुपाल्चोक, गोरखा र तनहुँ जिल्लाका भूकम्प प्रभावित दलित र सीमान्तकृत सुमदायको आवस्थाबारे अध्ययन तथा अनुगमन गरेको हो ।
टोलीले त्यहाँका स्थानीय भूकम्पपीडित, नागरिक समाज, गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि र अन्य सरोकारवाला व्यक्तिसँग समेत छलफल गरेको संयोजक पहाडीले जानकारी दिए ।
टोलीमा सहसंयोजक डा बुद्धि नेपाली र सदस्यहरू सभासद् कमला विश्वकर्मा, दलित अधिकारकर्मीद्वय गौरा नेपाली र गोपालवादी राष्ट्रिय दलित आयोगका पूर्व सदस्य सचिव भुवन सुनार र अनुसन्धानकर्ता तेजमान तामाङ छन् ।
अनुगमनका क्रममा भूकम्पपछि पुनःनिर्माण कार्यले प्राथमिकता नपाउँदा टहरामै बस्न बाध्य खास गरी आर्थिक रूपमा विपन्न दलित र उत्पीडित समुदाय चिसोका कारण बिरामी पर्दै गएको पाइएको सभासद् तथा टोली सदस्य कमला विश्वकर्माले राससलाई जानकारी दिए ।
“भूकम्प प्रभावित जिल्लाका दलित र उत्पीडित समुदायमा आवास, खाद्यान्न, लत्ताकपडाको समस्या हुँदा बिरामी बढ्दै गएको पाइएको छ” – संयोजक पहाडीले भने । टोलीले भूकम्प प्रभावित अन्य जिल्लाको समेत अनुगमन गर्ने उनको भनाइ छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन