
काठमाडौँ, १७ पुस । पश्चिमा संस्कृतिको प्रभावमा युवा पुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई भव्य रुपमा मनाइरहँदा तिनै युवा पुस्तालाई नेपाली पहिचान र संस्कृतिबारे सचेतना जगाउन अभियानै सुरु गरिएको छ ।
राष्ट्रियताप्रति चासो राख्ने केही समूहले विगत चार वर्षदेखि राष्ट्रिय टोपी दिवस मनाउँदै आएका छन् ।
‘नेपाली बनौँ, नेपालीपनमै रमाऔँ’ भन्ने मूलनाराका साथ आज वसन्तपुरमा ‘राष्ट्रिय टोपी दिवस’ मनाइएको हो ।
अङ्ग्रेजी नयाँ वर्षलाई नेपालीले उत्सवका रुपमा मनाइरहँदा ‘हाम्रो राष्ट्रिय पहिचान टोपीलाई नभुलौँ’ भन्ने कुराको सचेतनास्वरुप कार्यक्रम आयोजना गरिएको आयोजक तेजेन्द्र श्रेष्ठले बताउनुभयो ।
कुनै औपचारिक तडकभडकका रुपमा नभई सामान्य तुल राखेर टोपी लगाएको तस्बिर खिचेर दिवस मनाइएको छ । कार्यक्रममा उपस्थित सर्वसाधारणले टोपी लगाएर तस्बिर खिचाएका थिए ।
पश्चिमा संस्कृतिले पेल्दै गइरहेको सन्दर्भमा ‘आफ्नोपनप्रति गर्व गरौँ, नेपाली उत्पादनको प्रवद्र्धन गरौँ’ भन्ने युवामा सन्देश प्रवाह गर्ने उद्देश्यले टोपी दिवस मनाइएको फोटो पत्रकार जनार्दन अर्यालले बताउनुभयो ।
केही व्यावसायिक फोटो पत्रकारहरुले वसन्तपुरमा जम्मा भएर हरेक अङ्गे्रजी नयाँ वर्षका दिन टोपी दिवस मनाउँदै आएका छन् । राष्ट्रिय पोसाकका साथमा टोपी लगाएर तस्बिर खिच्ने तथा साथीभाइ जम्मा भएर चियापान गर्ने गरिन्छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन