
काठमाडौँ, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउने विषयमा आज टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका माग सम्बोधन गर्न नेपाल सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनको विधेयकलाई भारत सरकारले स्वागत गरेकामा प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
करिब २० मिनेट भएको वार्तामा दुबै प्रधानमन्त्रीले अङ्ग्रेजी नयाँ वर्ष २०१६ को शुभकामना आदानप्रदानसमेत गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रधानमन्त्रीलाई बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले आपूर्ति व्यवस्था सहज नभएकामा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–वीरगन्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री मोदीले आफू सदैव आपूर्ति व्यवस्था सहज होस् भन्ने पक्षमा रहेको र त्यसका लागि भारतका तर्फबाट कुनै रोकतोक नभएको बताउनुभयो ।
भारतका प्रधानमन्त्री मोदीले रक्सौल–वीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको जानकारी दिँदै नेपालकै राजनीतिक दलले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असहज भएको बताउनुभयो । प्रधानमन्त्री मोदीले औषधिको अभाव भएका बेला आफूले विदेशमन्त्री सुषमा स्वराजलाई एयरलिफ्ट गरेर भए पनि औषधि आपूर्ति गर्न भनेको स्मरण गराउनुभएको थियो ।
दुई नेताबीच द्विपक्षीय हितका विषयमा समेत कुराकानी भएको थियो । प्रधानमन्त्री मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गर्नुभयो । प्रधानमन्त्री ओलीले छिट्टै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने वचन दिनुभएको थियो ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने