काठमाडौँ, १५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘तमु ल्होछार पर्व २०७२’ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै मौलिक धर्म, संस्कृति, कला, रीतिरिवाज, चाडपर्व, जात्रा, दिवस, सांस्कृतिक सम्पदाजस्ता साझा पहिचानले विश्वसामु नेपालको छुट्टै चिनारी गराएको बताएकी छिन् ।
उनले नेपाल धार्मिक सांस्कृतिकरुपमा सम्पन्न र समृद्ध मुलुक भएको र यहाँ रहेका विविध जातजाति र तिनका तिनको यथोचित संरक्षण, संवद्र्धन, प्रवद्र्धन, विकास तथा प्रचार–प्रसार गरी विविधतामा एकता कायम गर्दै राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्ने साझा कर्तव्य रहेको बताइन् ।
सन्देशमा भनिएको छ, ‘सिङ्गो नेपाली संस्कृतिभित्र रहेको तमु गुरुङ संस्कृति आफैँमा मौलिक, समृद्ध र पृथक छ । यस पर्वले सबै नेपालीबीच आपसी एकता, सद्भाव, सहिष्णुता कायम भई समृद्ध मुलुकको रचना गर्न सकियोस् ।’
उपराष्ट्रपतिबाट शुभकामना
यसैबीच, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि गुरुङ समुदायद्वारा मनाइने तमु ल्होच्छारको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।
उपराष्ट्रपतिको स्वकीय सचिवालयद्वारा जारी विज्ञप्तिमा उपराष्ट्रपति पुनले तमु ल्होच्छारको खुसियालीपूर्र्ण अवसरमा देशविदेशमा बस्नु हुने गुरुङ जातिलगायत सम्पूर्ण देशप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेको उल्लेख छ ।
उपराष्ट्रपति पुनले यस पर्वको माध्यमबाट विभिन्न समुदायका नेपालीबीचको आपसी सद्भाव, सहिष्णुता र सौहार्दता झनै व्यापक र विस्तार हुनुका साथै देश विकासमा योगदानका लागि सम्पूर्ण नेपालीमा थप उत्साह र उमङ्ग ल्याओस् भनी शुभकामना व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]