
दोलखा, १२ पुस । चिसोले कठ्याङ्ग्रीएर दोलखामा थप तीनजना वृद्धवृद्धाको ज्यान गएको छ । दोलखामा एक साताभित्र मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । भूकम्पबाट घरविहीन भई अस्थायी रुपमा जस्ताको टहरामा बस्दै आएका वृद्धवृद्धा चिसोकै कारण मृत्युको मुखमा पुगेका हुन् ।
आजसम्म आएको तथ्याङ्कअनुसार थप तीन जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा बुलुङ–८ का ६६ वर्षीय भक्तबहादुर मगर, मेलुङ–८ का वर्ष ६८ की विष्णुकुमारी श्रेष्ठ र मेलुङ–८ कै ७० वर्षीय जितबहादुर श्रेष्ठको मृत्यु भएको स्थानीय जानकारी दिए । उनीहरु अस्थायी रुपमा बनाएको जस्ताको टहरामा बस्दै आएका थिए ।
भूकम्पले घर लडेपछि अस्थायी टहरामा बास बस्दै आएका विष्णुकुमारी बिहान सुतेकै अवस्थामा मृत फेला परेको उहाँका छोरा विष्णुकुमार श्रेष्ठले टेलिफोनमार्फत जानकारी दिनुभयो । छोरा विष्णुका अनुसार खानासँगै खाएर कटेरमा सुत्न जान लाग्दा मुटु चिसो भयो भन्दै भोलि थप ओड्ने किन्न अनुरोध गर्नुभएको थियो ।
चिसो बढेपछि ग्रामीण भेगका स्वास्थ्य संस्थामा सिताङ्ग, रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हाडजोर्नी, जिउ दुख्ने, पखला लाग्ने, दम बढ्ने, स्वासप्रस्वासमा समस्या हुनेलगायतका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख माधवप्रसाद लम्सालले जानकारी दिनुभयो । तीमध्ये दीर्घरोगका अधिकांश बिरामी स्वास्थ्यचौकीमा नगई घरमै थलिएर बस्ने गरेको अनुगमनका क्रममा भेटिएको डा लम्सालको भनाइ रहेको छ ।
उहाँले त्यस्ता किसिमका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजाने वातावरण बिरामीका आफन्तले बनाउन आवश्यक रहेको समेत बताउनुभयो । सरकारले न्यानो कपडा खरिद गर्न दिने भनिएको रु १० हजार रकम ढिलाइ गर्दा पनि धेरै चिसोका बिरामीलाई समस्या परेको स्थानीयको भनाइ रहेको छ ।
जिल्लामा ८५ हजार भूकम्पपीडित परिचयपत्र बाँडिएपछि जिल्ला विकास समिति दोलखाले गृह मन्त्रालयलाई रु ८५ करोड माग गरेको भए पनि हाल रु ५० करोड मात्र आएको बताइएको छ ।
त्यस्तै भूकम्पमा घाइतेको व्यथा झनै कष्टकर रहेको छ । वैशाख १३ गतेको भूकम्पमा खुट्टा भाँचिएका लामीडाँडा–६ का ६८ वर्षीय श्रीराम बस्नेत यतिबेला दुःखद जिन्दगी बिताइरहनुभएको छ । चिसोको समस्याले उहाँको भाँचिएको खुट्टा कटकट खाने, रातभरि दुख्नेलगायतका समस्याले छटपटिरहेका छन् । हालसम्म उहाँले सरकारले दिने भनिएको रु १५ हजारसमेत पाउनुभएको छैन ।
उहाँ भन्नुहुन्छ– “नागरिकता नभएकै कारण मलाइ रु १५ हजार दिएनन् । चालीस वर्षअघि रामेछापको बाम्ती घर भएका बस्नेत हाल लामिडाँडा–६, सिँगटीमा बसोबास गरिरहनुभएको छ । उहाँ आफैँ ६८ वर्षका भए खुट्टा भाँचिएको छ, राम्रोसँग हिँडडुल गर्न सक्दैनन्, बेलाबखत उपचार गर्न काठमाडौँ जानुहुन्छ ।
श्रीमती ७५ वर्षकी छन् घरमा अन्य कोही छैनन्, पाँचवटी छोरीको विवाह भएर गइसके, नागरिकता नभएकै कारण उहाँले भूकम्पपीडित परिचयपत्रसमेत पाउन सकेका छैनन् ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर