
दोलखा, १२ पुस । चिसोले कठ्याङ्ग्रीएर दोलखामा थप तीनजना वृद्धवृद्धाको ज्यान गएको छ । दोलखामा एक साताभित्र मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । भूकम्पबाट घरविहीन भई अस्थायी रुपमा जस्ताको टहरामा बस्दै आएका वृद्धवृद्धा चिसोकै कारण मृत्युको मुखमा पुगेका हुन् ।
आजसम्म आएको तथ्याङ्कअनुसार थप तीन जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा बुलुङ–८ का ६६ वर्षीय भक्तबहादुर मगर, मेलुङ–८ का वर्ष ६८ की विष्णुकुमारी श्रेष्ठ र मेलुङ–८ कै ७० वर्षीय जितबहादुर श्रेष्ठको मृत्यु भएको स्थानीय जानकारी दिए । उनीहरु अस्थायी रुपमा बनाएको जस्ताको टहरामा बस्दै आएका थिए ।
भूकम्पले घर लडेपछि अस्थायी टहरामा बास बस्दै आएका विष्णुकुमारी बिहान सुतेकै अवस्थामा मृत फेला परेको उहाँका छोरा विष्णुकुमार श्रेष्ठले टेलिफोनमार्फत जानकारी दिनुभयो । छोरा विष्णुका अनुसार खानासँगै खाएर कटेरमा सुत्न जान लाग्दा मुटु चिसो भयो भन्दै भोलि थप ओड्ने किन्न अनुरोध गर्नुभएको थियो ।
चिसो बढेपछि ग्रामीण भेगका स्वास्थ्य संस्थामा सिताङ्ग, रुघाखोकी, ज्वरो, टाउको दुख्ने, हाडजोर्नी, जिउ दुख्ने, पखला लाग्ने, दम बढ्ने, स्वासप्रस्वासमा समस्या हुनेलगायतका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख माधवप्रसाद लम्सालले जानकारी दिनुभयो । तीमध्ये दीर्घरोगका अधिकांश बिरामी स्वास्थ्यचौकीमा नगई घरमै थलिएर बस्ने गरेको अनुगमनका क्रममा भेटिएको डा लम्सालको भनाइ रहेको छ ।
उहाँले त्यस्ता किसिमका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजाने वातावरण बिरामीका आफन्तले बनाउन आवश्यक रहेको समेत बताउनुभयो । सरकारले न्यानो कपडा खरिद गर्न दिने भनिएको रु १० हजार रकम ढिलाइ गर्दा पनि धेरै चिसोका बिरामीलाई समस्या परेको स्थानीयको भनाइ रहेको छ ।
जिल्लामा ८५ हजार भूकम्पपीडित परिचयपत्र बाँडिएपछि जिल्ला विकास समिति दोलखाले गृह मन्त्रालयलाई रु ८५ करोड माग गरेको भए पनि हाल रु ५० करोड मात्र आएको बताइएको छ ।
त्यस्तै भूकम्पमा घाइतेको व्यथा झनै कष्टकर रहेको छ । वैशाख १३ गतेको भूकम्पमा खुट्टा भाँचिएका लामीडाँडा–६ का ६८ वर्षीय श्रीराम बस्नेत यतिबेला दुःखद जिन्दगी बिताइरहनुभएको छ । चिसोको समस्याले उहाँको भाँचिएको खुट्टा कटकट खाने, रातभरि दुख्नेलगायतका समस्याले छटपटिरहेका छन् । हालसम्म उहाँले सरकारले दिने भनिएको रु १५ हजारसमेत पाउनुभएको छैन ।
उहाँ भन्नुहुन्छ– “नागरिकता नभएकै कारण मलाइ रु १५ हजार दिएनन् । चालीस वर्षअघि रामेछापको बाम्ती घर भएका बस्नेत हाल लामिडाँडा–६, सिँगटीमा बसोबास गरिरहनुभएको छ । उहाँ आफैँ ६८ वर्षका भए खुट्टा भाँचिएको छ, राम्रोसँग हिँडडुल गर्न सक्दैनन्, बेलाबखत उपचार गर्न काठमाडौँ जानुहुन्छ ।
श्रीमती ७५ वर्षकी छन् घरमा अन्य कोही छैनन्, पाँचवटी छोरीको विवाह भएर गइसके, नागरिकता नभएकै कारण उहाँले भूकम्पपीडित परिचयपत्रसमेत पाउन सकेका छैनन् ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]