काठमाडौँ, ११ पुस । विभिन्न राजनीतिक दलका नेता,मानवअधिकारकर्मी र अधिवक्ताले संयुक्त रूपमा भारतको हरियाणा राज्यमा बन्दी बनाइएका २४ नेपाली नागरिकलाई तत्काल निःसर्त रिहाइको माग गर्नुभएको छ ।
सत् साहित्य सेवा समाजले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँहरूले करिब एक वर्षअघि त्यहाँस्थित सत्लोक आश्रममा आयोजित सत्संगका क्रममा हरियाणाका प्रहरीले अन्यायपूर्ण र अमानवीय रूपमा धरपकड गरी नेपालीलाई कारागारमा बन्दी बनाएको भन्दै जतिसक्दो चाँडो रिहाइ गर्न आग्रह गर्नुभएको हो ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले हरियाणाको आश्रममा भएको घटना हरियाणा राज्यले मात्र नभई भारतीय सरकारले नै सुनियोजित ढङ्गबाट गराएको हो भन्नुभयो । आफूभन्दा फरक आस्था भएकै कारण कसैले कसैलाई पनि अमानवीय व्यवहार गर्न नपाइने उहाँको भनाइ छ । पूर्व सभासद् कुलप्रसाद उप्रेतीले निर्दोष नेपाली भक्तजनमाथि निर्मम यातना दिई धार्मिक आस्थामा बन्दी बनाई कारागार हाल्नु गलत भएको भन्दै रिहाइका लागि सम्पूर्ण नेपाली एक जुट हुनुपर्ने धारणा राख्नुभयो ।
यसअघि ती बन्दी नेपालीलाई मुक्त गराउन पीडितपरिवार तथा विभिन्न सङ्घ संस्थाले राष्ट्रिय मानवअधिकार आयोग, मावनअधिकारवादी सङ्घ संस्था, परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावास र भारतीय दूतावासमा पटकपटक गुनासो गर्दासमेत सुनुवाई नभएको पीडित परिवारको भनाइ छ ।
कारागारबाट धरौटीमा छुट्नुभएका इटहरीका मुकेश कार्कीले कैयौँ परिवारको एक मात्र कमाउने व्यक्ति कारागारमा रहेकाले बिहान बेलुकाको छाक टार्न कठिन भैरहेको छ भन्नुभयो । मानव अधिकारकर्मी भवानी खरेल, वरिष्ठ अधिवक्ता रामकृष्ण काफ्ले, मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र मानव अधिकार पत्रकार सङ्घका अध्यक्ष छत्र शङ्कर लगायतले बन्दी नेपालीलाई तत्काल रिहाइको माग गर्नुभयो ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]