काठमाडौँ, ११ पुस । विभिन्न राजनीतिक दलका नेता,मानवअधिकारकर्मी र अधिवक्ताले संयुक्त रूपमा भारतको हरियाणा राज्यमा बन्दी बनाइएका २४ नेपाली नागरिकलाई तत्काल निःसर्त रिहाइको माग गर्नुभएको छ ।
सत् साहित्य सेवा समाजले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा उहाँहरूले करिब एक वर्षअघि त्यहाँस्थित सत्लोक आश्रममा आयोजित सत्संगका क्रममा हरियाणाका प्रहरीले अन्यायपूर्ण र अमानवीय रूपमा धरपकड गरी नेपालीलाई कारागारमा बन्दी बनाएको भन्दै जतिसक्दो चाँडो रिहाइ गर्न आग्रह गर्नुभएको हो ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले हरियाणाको आश्रममा भएको घटना हरियाणा राज्यले मात्र नभई भारतीय सरकारले नै सुनियोजित ढङ्गबाट गराएको हो भन्नुभयो । आफूभन्दा फरक आस्था भएकै कारण कसैले कसैलाई पनि अमानवीय व्यवहार गर्न नपाइने उहाँको भनाइ छ । पूर्व सभासद् कुलप्रसाद उप्रेतीले निर्दोष नेपाली भक्तजनमाथि निर्मम यातना दिई धार्मिक आस्थामा बन्दी बनाई कारागार हाल्नु गलत भएको भन्दै रिहाइका लागि सम्पूर्ण नेपाली एक जुट हुनुपर्ने धारणा राख्नुभयो ।
यसअघि ती बन्दी नेपालीलाई मुक्त गराउन पीडितपरिवार तथा विभिन्न सङ्घ संस्थाले राष्ट्रिय मानवअधिकार आयोग, मावनअधिकारवादी सङ्घ संस्था, परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावास र भारतीय दूतावासमा पटकपटक गुनासो गर्दासमेत सुनुवाई नभएको पीडित परिवारको भनाइ छ ।
कारागारबाट धरौटीमा छुट्नुभएका इटहरीका मुकेश कार्कीले कैयौँ परिवारको एक मात्र कमाउने व्यक्ति कारागारमा रहेकाले बिहान बेलुकाको छाक टार्न कठिन भैरहेको छ भन्नुभयो । मानव अधिकारकर्मी भवानी खरेल, वरिष्ठ अधिवक्ता रामकृष्ण काफ्ले, मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्याल र मानव अधिकार पत्रकार सङ्घका अध्यक्ष छत्र शङ्कर लगायतले बन्दी नेपालीलाई तत्काल रिहाइको माग गर्नुभयो ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य