
काठमाडाँै, ११ पुस । मुलुकको परराष्ट्र नीति प्रभावकारी ढङ्गले सञ्चालन गर्न सरकारले पाकिस्तानको इस्लामावाद, श्रीलङ्काको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा राजदूतावास भवन निर्माण गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत बिहीबार सार्वजनिक गरेको तत्काल सुधार कार्ययोजनाअनुसार आगामी दुई वर्षभित्र ती मुलुकमा राजदूतावास भवन निर्माण हुनेछन् । त्यसैगरी थाइल्यान्डको बैंकक, स्विट्जरल्यान्डको जेनेभा, फ्रान्सको पेरिस वा बेल्जियमको ब्रसेल्समा दूतावासका लागि भवन खरिद गर्ने सरकारको योजना छ ।
लामो समयदेखि ती राष्ट्रमा आफ्नै भवन नहुँदा कूटनीतिक कार्यसम्पादन तथा सेवा प्रवाहमा कठिनाइ भएको थियो । साथै विदेशी मुद्रामा नेपाली कूटनीतिक नियोग सञ्चालन गर्दा राष्ट्रको व्ययभार पनि बढिरहेको थियो । नेपालको खरिद प्रक्रिया र सम्बन्धित मुलुकको किनबेचको पद्धतिमा सामाञ्जस्य कायम हुनुपर्ने भएकाले तोकिएको अवधिमा भवन खरिद गर्न परराष्ट्र र अन्य सहयोगी निकायले कठोर परिश्रम गर्नुपर्ने छ ।
कार्ययोजनाले निर्धारण गरेका काम तोकिएको समयभित्र पूरा गर्न परराष्ट्र मन्त्रालय, मातहतका महाशाखा, शाखा, विभाग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन, अर्थ, गृह र अन्य सरोकार मन्त्रालयले सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेछ । गत मङ्सिर २४ गतेको मन्त्रिपरिषद् बैठकले दुईवर्षे तत्काल सुधार कार्ययोजना पारित गरेको थियो ।
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत