लन्डन । वित्तिय साक्षरतामा उत्कृष्ट काम गरेवापत एक नेपाली युवाले नेदरल्याण्डको चाइल्ड एण्ड युथ फाइनान्स इन्टरनेशनलले प्रदान गर्ने ‘युथ फाइनान्सियल एजुकेशन अवेरनेस अवार्ड’ प्राप्त गरेका छन् । दोलखा स्थायी निवासी २५ वर्षीया प्रकाश कोइरालाले फाइनलिष्टमा साउदी अरेविया र प्रागका प्रतिष्पर्धीलाई उछिनेर उक्त अवार्ड जितेका हुन् ।
ब्रिटिश संसदको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ मा बिहीबार आयोजित समारोहमा ब्यारोनेस होवार्थ अफ ब्रेकल्याण्ड भेलेरी होवार्थले उक्त अवार्ड प्रदान गरेकी थिइन् ।
विश्वभरबाट परेका हजारौं आवेदनमध्येबाट आफू छानिएको कोइरालाले जनाए । निर्णायक मण्डलमा यूनिसेफ, विश्व बैंक पदाधिकारी र सांसदहरु संलग्न थिए ।
अर्थ फाउण्डेशनका सहसचिव कोइरालाले नेपालमा कलेज, क्लबका माध्यमबाट विद्यार्थीहरु र समुदायमा गएर मनी म्यानेजमेन्ट अर्थात वित्तिय साक्षरताबारे निशुल्क पढाउंदै आएका छन् । गोल्डेन गेटबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने तयारी गरिरहेका उनले पैसा कसरी कमाउने, कसरी वचत गर्ने, इन्सुरेन्स आदिबारे जनचेतना जगाउने गरेको बताए ।
उनले यो वर्ष राष्ट्र बैंकले आयोजना गरेको ग्लोवल मनी वीकमा समेत संलग्न भएर प्रशंसा पत्र पाएका थिए । भविष्यमा भर्चुअल बैंकिङ लाइब्रेरी खोल्ने उद्देश्य छ उनको ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा