ल्याटिन अमेरिकी देशहरु हुँदै गैरकानुनी रुपमा संयुक्त राज्य अमेरिका छिर्न हिडेका ३४ नेपाली कोस्टारिकामा पक्राउ परेका छन् । कोस्टारिका प्रहरीले पक्राउ परेको नेपालीसँग कुनै काजगात नभएको जनाएको छ ।
स्थानीय सञ्चार माध्यमहरुले शुक्रबार ७ र सोमबार २७ गरी कागजातविहीन ३४ नेपाली पक्राउ परेको जनाएको छ । पक्राउ पर्ने नेपालीको नाम र ठेगाना खुलाइएको छैन । प्रहरीले मध्य प्यासेफिक कोस्ट र पानामा सीमा

गैरकानुनी रुपमा कोस्टारिका प्रवेश गरेपछि पक्राउ परेका नेपालीहरु। तस्विर : सार्वजनिक सुरक्षा मन्त्रालय कोस्टारिका
नजिकैको पासो कानोआसबाट पक्राउ गरेको हो । शुक्रबार नियमित चेक जाँचको क्रममा युएसबी भ्यानमा रहेका नौ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा सात नेपाली र २ बंगलादेशी नागरिक थिए । गाडीका चालकमाथि मानव तस्करीको अभियोगमा मुद्दा चलाइने बताएको छ । ती सबैैलाई निकारागुवातर्फ लैजाने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कोस्टारिकाका सार्वजनिक सुरक्षामन्त्रीले अमेरिका जान खोज्नेहरुलाई बाटोको रुपमा सो देशको प्रयोग गर्ने बताएका छन् । लाखौ रुपैया खर्च गरेर विभिन्न ल्याटिन अमेरिकी हुँदै वार्षिक रुपमा चार सयभन्दा बढी नेपाली गैरकानुनी रुपमा अमेरिका छिर्ने गरेको अनुमान छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]