परासी, ११ मङ्सिर । नवलपरासीमा जारी ३४ आँै अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताको उपाधि स्वीट्जरल्यान्डको इएफजीले उचालेको छ ।
नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा आज भएको अन्तिम खेलमा नेपालको टाइगर टप्स टस्कर्सलाई ८–५ गोलले पराजित गर्दै स्वीट्जरल्यान्डको इएफजीले ट्रफी आफ्नो कब्जामा पारेको हो ।
यही मङ्सिर ७ गतेबाट सुरु भएको प्रतियोगिता आज सकिएको छ ।
नवलपरासीको अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा भएको खेलमा सात टोलीलाई पछि पार्दै इएफजीलले उपाधि जितेको हो ।
प्रतियोगितामा स्वीट्जरल्यान्ड, श्रीलङ्का, नेपाल, अमेरिका बेलायत, अस्ट्रेलियालगायतका आठ देशका खेलाडी सहभागी थिए ।
खेलमा हात्तीमा माहुतेसहित पछाडि खेलाडी रहन्छन् । बललाई हात्तीको सहयोगमा खेलाडीले पोष्टमा लगेर गोल गर्दछन् ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने