
लण्डन । बेलायतको सांगीतिक भ्रमणमा रहेका गायक कुबेर राई र गायिका आभा मुकारुङले फोल्क्स्टोनस्थित लेमोन लिफ रेस्टुरेन्टमा प्रतिभा सांगीतिक साँझ सम्पन्न गरेका छन् ।
शनिबार आयोजित सो सााझको आयोजना नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले गरेको थियो भने कार्यक्रममा राई र मुकारुङले स्थानीय नेपाली वाद्यवादकको साथमा लाइभ गाएका थिए ।
दर्शकहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा राई र मुकारुङले मायाले मुलबाटो भुलेछ, कता हिाडेको कसलाई खोजेको जस्ता आफ्ना सदाबहार गीतहरू गाएर दर्शकहरूलाई मनोरन्जन गराएका थिए । यसका साथै नारायणगोपाल, तारादेवी, अरुणा लामा, डेजी बराइली, आश भोस्ले र उदितनारायण लगायतका गायक-गायिकाहरुको कालजयी गीतहरु गाउँदा दर्शकहरूले ताली बजाएर साथ दिइरहेका थिए ।
हार्मोनियम, तबला र गीतारको साथमा राई र मुकारुङले गाइरहँदा नारायण गोपाल र अरूणा लामाको विगतको एकल सांझको सम्झना गराउँथ्यो । स्टेज शोभन्दा भिन्नै स्वाद दिइएको सो सांझमा दर्शकहरूले आनन्द मात्र होइन सिङ्गो नेपाली गीत संगीतलाई नजिकबाट बुझ्ने अवसर पनि पाएका थिए ।
लाईभ बाद्यवादनहरुको संयोजन गरिएको सो सांगीतिक साँझमा संगीत र सुर बुझेका प्रवुद्ध दर्शक स्रोताहरूको जमघट रहेको थियो । राई र मुकारुङको गायनलाई बुझेर आएका समाजसेवी, साहित्यकार तथा संगीतकर्मीहरू टाढा-टाढाबाट आएका थिए भने गोर्खाली पल्टनका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।
सो कार्यक्रमबाट स्थानीय गायक, गायिका, संगीतकार र गीतकारहरुमा धेरै उर्जा मिलेको अनुभूति उनीहरुले सुनाए ।
कार्यक्रममा तबलाबादनमा गायक गगांराज राईले साथ दिएका थिए भने संगीत विधामा मास्टर डिग्री गरिसकेका बी सी राईले गीतारमा । अर्का हेमकर्ण राईले पनि गीतारमा साथ दिएका थिए भने किरात राई कलाकार संघ बेलायतका महासचिव डिल्लीराम राईले साउण्ड इन्जिनियरिङको काम सम्हालेका थिए ।
कार्यक्रम प्रतिष्ठानका सचिव नरेश नातिले संचालन गरेका थिए ।
हेर्नुहोस भिडियो
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान