लन्डन । आगामी साता तीन दिने बेलायत भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायतस्थित नेपालीहरुले विरोध प्रदर्शन गर्ने भएका छन् । भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएकामा आक्रोशित नेपालीले मोदी विरुद्ध १२ नोभेम्बर दिउसो १२ बजे बेलायती संसद भवन अगाडि विरोध प्रदर्शन गर्न लागेका हुन् ।
प्रदर्शनको नेतृत्व कांग्रेस सम्वद्ध नेपाली जनसम्पर्क समिति, बेलायतले गर्दैछ । भारतको अघोषित नाकाबन्दीबारे विश्व समुदायसमक्ष जानकारी दिन कार्यक्रम तय गरिएको समितिले जनाएको छ । समितिले सम्पूर्ण बेलायतवासी नेपालीलाई प्रदर्शनमा साथ दिएर ऐक्यवद्धता जनाउन आग्रह समेत गरेको छ ।
उता, समितिबाहेक बेलायतस्थित नेपाली युवाहरुले पनि मोदीविरुद्ध प्रदर्शन सफल बनाउन अभियान गरिरहेका छन् । फेसबुक पेजमा विरोध कार्यक्रमबारे जानकारी दिंदै गणेश खड्का, एभरेष्ट गौतम लगायत युवाले भारतलाई नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।
यसैबीच, बेलायती सांसद एवं सर्वदलीय संसदीय समितिका नेपाल हेर्ने अध्यक्ष वीरेन्द्र शर्माले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई एक पत्र पठाउंदै मोदीसंगको भेटका अवसरमा नेपालको अघोषित नाकाबन्दीबारे छलफल गरि समस्या समाधान गरिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री क्यामरुनले पत्र प्राप्त गरेको जवाफ दिएको जनाउंदै सांसद शर्माले भारतलाई नेपालसंगको पुरानो ऐतिहासिक सम्वन्ध नबिगार्न पनि अनुरोध गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदी आगामी १२ देखि १४ नोभेम्बरसम्म तीन दिने बेलायत भ्रमणमा आउंदैछन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा