लन्डन । अक्टोबर दोश्रो साता काठमाण्डौंमा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) को सातौं महाधिवेशनमा युरोप क्षेत्रीय संयोजकका प्रत्यासी कुल आचार्यलाई शुभकामना दिन लन्डनमा विशेष कार्यक्रम भएको छ ।
युवा उद्यमी रवि लामिछानेले नौलो शुरुवात गर्दै आचार्यकै लागि आइतबार ब्लु अर्किड रेष्टुरेन्टमा आयोजना गरेको कार्यक्रममा आचार्यले जितेकै जस्तो बधाइ र शुभकामना पाए । कार्यक्रमस्थलमा उनलाई टिका र खादा लगाउनेको भीड जति थियो, शुभकामना र अग्रिम बधाइ दिने वक्ता पनि त्यति नै थिए । एनआरएनए यूके अध्यक्ष देखि बेलायतमा रहेका आइसीसी सल्लाहकार, वुद्धिजिवी लगायतले आचार्यलाई खुलेर समर्थन गरे ।
एनआरएनए यूके पूर्व महासचिव रामशरण सिम्खडाको परिकल्पनामा आयोजित उक्त शुभकामना कार्यक्रममा प्रमुख अतिथी प्रा. डा. सूर्य सुवेदीले आचार्यलाई कुटनीतिक कौशलता र भिजनरी व्यक्तिका रुपमा चित्रित गरे । शुभकामना दिंदै सुवेदीले एनआरएनबाट नेपालले आर्थिक र वौद्धिक लगानी अपेक्षा गरेको जनाए । उनले बेलायत एनआरएनलाई थिङ्क ट्यांकका रुपमा पहिचान बनाउन समेत सुझाए ।
कार्यक्रमका केन्द्रविन्दु आचार्यले आफ्ना प्रमुख अजेन्डा अघि सार्दै आफूलाई जिताउन आग्रह गरे । एनआरएनए यूके पूर्व अध्यक्ष आचार्यले आफ्नो जित भएमा एनआरएनए केन्द्रले सारेको भूकम्प पीडितका लागि एक हजार घर बनाइदिने अभियानमा सक्दो सहयोग गर्ने, युरोपमा रहेका नेपालीका समस्यामा साथ दिने, कल्याणकारी काममा अरु तीव्रता दिने, भूपू गोर्खा आन्दोलनमा साथ, नेपाली नागरिकता निरन्तरतामा जोड आफ्नो प्राथमिकता रहेको सुनाए । हाल एनआरएनए आइसीसी, कल्याणकारी समितिको सहसंयोजक रहेका आचार्यले एनआरएनए यूके छंदा गरेका कामको फेहरिस्त समेत प्रस्तुत गरेका थिए ।
एनआरएनए यूके पूर्व महासचिव रामशरण सिम्खडाले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ, बेलायतका वरिष्ठ उपाध्यक्ष नरेश खपांगीमगर, एनआरएनए आइसीसी सल्लाहकारहरु मेजर रि. डमर घले र विश्व आदर्श पण्डित, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्ष कुमारी गुरुङ, महासचिव विजय विक्रम लिङ्देन, एनआरएनए यूके संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, वुद्धिजिवी डा. राघवप्रसाद धिताल, तमुधिं यूके अध्यक्ष रामचन्द्र (सुर्जे) गुरुङ लगायतले आचार्यलाई शुभकामना दिंदै बेलायतबाट प्रतिनिधित्व गर्नेहरुको जित समस्त बेलायतवासी नेपालीको जित हुने उल्लेख गरे । बेलायत एनआरएनले विश्व सम्मेलनमा एकता प्रस्तुत गर्नुपर्नेमा जोड दिंदै केही वक्ताले विगतमा आफ्नै साथीहरुप्रति घात भएको दृष्टान्त विपरित अब एनआरएनए बेलायत समिति दरो शक्तिका रुपमा उदाउनुपर्ने खांचो औंल्याए ।
ति वक्ताले आचार्यसहित बेलायतबाट आइसीसी उपाध्यक्षमा लड्ने घोषणा गरेका लक्ष्यबहादुर गुरुङ, सचिवका प्रत्यासी सुरेन्द्र श्रेष्ठ र युरोप सहसंयोजक पदका प्रत्यासी थर्क सेनलाई समेत अग्रिम शुभकामना दिएका थिए । मन्तव्यका क्रममा प्रत्यासीहरु गुरुङ, श्रेष्ठ र सेनले आ आफ्ना अजेन्डा संक्षिप्त प्रस्तुत गर्दै जिताउन बेलायतवासी एनआरएन समक्ष अपिल गरे ।
स्मरणरहोस्, बेलायतबाट विश्व सम्मेलनमा सहभागी हुन करिब एकसय १० जना नेपाल जाने तयारी भइरहेको छ ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल