बेलायत । शेर्पा संघ यूकेले बार्षिक समर भेला कार्यक्रम आयोजना गरेको छ ।
हरेक बर्ष बच्चाहरुको स्कुल बिदाको मौका पारेर आयोजना गरिने समर भेला यस वर्ष ३० अगष्ट मा गरिएको थियो ।
भेलामा बेलायतभरि छरिएर रहेका शेर्पाहरुले एक ठाउँमा भेला भएर रमाइलो गर्नुका साथै आ-आफ्नो अनुभव आदान प्रदान गरे ।
कार्यक्रमलाई औपचारिक र साँस्कृतिक गरी दुई भागमा विभाजन गरिएको थियो ।
शेर्पा संघ यूके अध्यक्ष रिन्जी शेर्पाको अध्यक्षतामा संघका महासचिव योन्तेन ग्याछोले पहिलो सत्रको कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा नेपालबाट आएका शेर्पा सेवा केन्द्र नेपालका निबर्तमान अध्यक्ष आङ देन्डी शेर्पा र गलैचा महासंघ नेपालको सल्लाहकार रिन्जी शेर्पाको समेत उपस्थिति थियो ।
कार्यक्रम संयोजक नुरी शेर्पाको स्वागत मतव्यबाट शुरु भएको कार्यक्रममा शेर्पा संघ बेलायतका सल्लाहकार आङकाल्जाङ लामा, शेर्पा सेवा केन्द्र नेपालको निबर्तमान अध्यक्ष आङ देन्डी शेर्पा र शेर्पा संघ यूकेका अध्यक्ष रिन्जी शेर्पाले आ-आफ्नो मन्तव्य राखेका थिए भने संस्थाको लागी चार थान नेपाली पोशाक सहयोग गर्नु हुने फुर्बा गर्जा शेर्पा र फुर्लामु शेर्पा, २९ जुन मा शेर्पा संघ यूकेले आयोजना गरेको वाङ समरोहको लागि ९०० पाउण्ड सहयोग गर्नु हुने प्रेम छिरिङ् शेर्पा, जाङमु शेर्पा र धार्मिक बाजागाजा खरिद गर्नको लागि स्पोन्सर गर्नु हुने दानुरी शेर्पा र याङ्जी शेर्पालाई प्रशंसा पत्र बितरण गरिएको थियो ।
कार्यक्रममा संघका उपाध्यक्ष कर्मा छिरिङ् शेर्पा, चांद लामा, लक्ष्मी शेर्पा लच्छु र सा-साना भाइ बहिनीहरु रिन्छेन ग्याल्मु शेर्पा, निम्साङ शेर्पा र लोब्साङ् शेर्पाले गीत गाएका थिए भने डिक्साङ् शेर्पाले नाच प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा कार्यसमितिका सदस्यहरु र सल्लाहकारहरुको बैठक बसी आउने लोसार कार्यक्रम र संघको आगामी अधिवेशनको बारेमा छलफल गरियो ।
छलफलपछि २१ फेब्रुअरी २०१५ मा लन्डनमा आयोजना गरिने लोसार २०१५ संयोजनको जिम्मा चाँद लामालाई दिइएको छ ।
तेस्तै शेर्पा संघ यूकेको अधिबेशन २२ मार्च २०१५ आइतबार आयोजना गर्ने निर्णय भएको छ भने सल्लाहकार फुर्बा लामा शेर्पाको संयोजकत्वमा सल्लहाकारहरु काजी शेर्पा, आङ कल्जाङ लामा, गोम्बा शेर्पा, डाक्टर ङवाङ शेर्पा, पेम्बा लामा र दावा सोनाम लामा सम्मिलित निर्वाचन समिति गठन गरिएको छ ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी