
लन्डन । गैरआवासीय नेपाली संघ बेलायतले संविधान जारी भएको दिनका अवसरमा गर्न लागेको दीपावली कार्यक्रम अन्तिम समयमा रोकिएको छ ।
लन्डन साउथइस्टस्थित उलवीच स्क्वायरमा गर्न लागिएको दीपावलीलाई एनआरएनए यूकेकै केही पदाधिकारीले विरोध गरेपछि अन्तिम समयमा रोकिएको हो ।
स्रोतका अनुसार, आदिवासी जनजातीको एउटा समूह, संघीय समाजवादी र वैध माओवादी विरोधका कारण स्थगित गर्नु परेको हो । ‘बेलायतस्थित नेपाली समुदायसँग छलफल गर्दा अहिलेको अवस्थामा जारी भएको संविधानलाई दिपावली गर्न नपर्ने भन्ने पाएं’, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले वीनेपालीसँग भने, ‘थारु, मधेसी र जनजातिहरुले विरोध गरेका छन् । साथीहरुले पनि दीपावली नगर्न सल्लाह दिए । सल्लाह अनुसार नै एनआरएनए यूकेको दिपावली कार्यक्रम स्थगित गर्नु परेको हो ।’ बेलायतमा करिव एक सय जातीय संस्था छन् ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद्ले संविधान सभाबाट जारी भएको संविधानलाई स्वागत गर्दै दीपावलीका लागि विश्वभरका आफ्ना शाखालाई आव्हान गरेको थियो । तर, अध्यक्ष गुरुङका अनुसार गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद्ले आ आफ्नो देशस्थित नेपाली समुदायसँग छलफल गरि दिपावली गर्न पत्र पठाएको छ ।
नेपालमा थारु, मधेसी र अशोक राईलगायतका केही जनजातीले यो संविधानमा आफ्ना माग सम्बोधन नगरेको भन्दै विरोध गरिरहेका छन् ।
तर, साउथइस्टस्थित नेपाली संघसस्थाले भने दीपावली गरि संविधानको स्वागत गर्दै हर्षोल्लास गरेका छन । एनआरएनए यूकेका सचिव फडिन्द्र भट्टराईले संचालन गरेको दिपावली कार्यक्रममा रोयल वरो अफ ग्रीनवीच नेप्लीज सोसाईटी अध्यक्ष कुमार श्रेष्ठ, एनआरएनए यूके उपाध्यक्ष दासुराम पाण्डे, पासपुच गुठी यूकेका सल्लाहकार देवेन श्रेष्ठ, चाल्टर्न नेपाली समाज यूकेका रोमनाथ पाण्डे,कपिलबस्तु समाज यूकेका दिपक श्रेष्ठ र एनसीआइ ग्रुपका मोहन गुरुङलगायतले शुभकामना व्यक्त गरेका थिए । उनीहरुले अव नेपाल समृद्धिको बाटोमा अघि बढने अपेक्षा गरेका छन् । यसैवीच, लन्डनस्थित नेपाली दूतावाससहित बेलायतमा छरिएर रहेका नेपालीले विभिन्न स्थानमा स्वतस्फूर्त संविधान जारी भएको खुसीमा दीपावली गरेका छन् ।

दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन