लन्डन । एसियन महिला एसोसिएसन (आमा) को यही ७ सेप्टेम्बरमा हुने तीज कार्यक्रममा गायिका सिन्धु मल्ल उपस्थित नहुने भएकी छिन् ।
गायिका मल्ललाई बेलायतमा झिकाउने संस्था डिएसआइ इन्टरटेनमेन्ट र आमाबीच मल्लको पारिश्रमिकबारे केही असमझदारी भएपछि उनी कार्यक्रममा नआउने भएकी हुन् ।
यसअघि डिएसआइले पारिश्रमिकबारे केही नभनि कार्यक्रममा मल्ल आउने वचन दिएको थियो । तर, पछि ५ सयबाट झरेर तीनसय पाउण्डसम्म पारिश्रमिक दिएमात्र मल्ल कार्यक्रममा आउन सक्ने अडान लिएपछि मल्लको उपस्थिति रद्द भएको आमाले एक विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिमा आमाले कुनै व्यवसायिक संघसंस्था वा आयोजकहरुलाई रकम बांड्नुको सट्टा बरु आफू आपत विपत परेका महिलालाई सहयोग गर्न लालयित भएको
समेत प्रष्ट्याएको छ ।
आमाले गायिका सिन्धु मल्ल नआउने भएपनि पूर्व निर्धारित तीज कार्यक्रम भव्य हुनेमा विश्वस्त दिलाउंदै अप्रत्यासित घट्नाक्रमले कसैमाथि अप्ठेरो पर्न गएमा क्षमा समेत मागेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा