काठमाडौँ, १७ भदौ । गत भदौ ७ गते टीकापुर घटनामा निधन भएका प्रहरी अधिकारी तथा जवानका परिवारलाई नेपाल प्रहरीले जनही रु १० लाख दिने निर्णय भएको छ ।
उक्त घटनामा ज्यान गुमाएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहोरा, प्रहरी हबल्दारद्वय श्यामबहादुर खड्का र जनकबहादुर नेगी तथा प्रहरी जवान लोकेन्द्रबहादुर चन्दका परिवारलाई ‘नेपाल प्रहरी राहत कोष’बाट राहत प्रदान गर्न लागिएको प्रहरी प्रधान कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
“राष्ट्र र नागरिक सुरक्षालाई उच्च प्राथमिकता दिई कर्तव्यपालनको सिलसिलामा वीर गति प्राप्त गरेका अमर प्रहरीहरुको सम्मान गर्दै राहत प्रदान गर्न लागिएको हो”, बिज्ञप्तिमा उल्लेख छ ।
साथै, निधन भएका प्रहरीका सन्ततिलाई उच्च शिक्षा अध्ययनमा छात्रवृत्ति प्रदान गर्ने, घाइते प्रहरीको निःशुल्क उपचार गरिने तथा आयआर्जनका लागि सहयोगी कार्यक्रम सञ्चालन गरिने विज्ञप्तिमा जनाइएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा