गौशाला, १५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज नेपाली काँग्रेस महोत्तरीको जिल्ला पार्टी कार्यालय तोडफोड गरेका छन् ।
बिहानैदेखि आन्दोलनमा रहेका मोर्चाका कार्यकर्ताले नाराजुलुस गर्दै जिल्ला सदरमुकाम जलेश्वरको खैराचोकमा अवस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा गएर तोडफोड गरेका हुन् ।
मोर्चाका कार्यकर्ताले सो पार्टी कार्यालयको एउटा कोठाको ढोका फुटाएर त्यसभित्र रहेका टेबुल, कुर्सी, कागजात र ग्यास सिलिन्डरलगायतका सामग्री नष्ट गरेका छन् ।
त्यसैगरी, सो पार्टी कार्यालयका शौचालयमा पनि पूर्णरुपमा क्षति पुरयाएका छन् । यता जिल्ला निर्वाचन कार्यालयका बोर्ड पनि उनीहरुले उखेलेर तोडफोड गरी फालेका छन् ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा