
कैलालीको टिकापुरमा सोमबार भएको घटनामा मृत्यु भएका सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको पार्थिव शरीरमा दागवत्ति दिंदै छोरा सन्देश न्यौपाने । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, ८ भदौ । कैलालीको टीकापुरमा सोमबार भएको हिंसात्मक घटनामा आन्दोलनकारीको आक्रमणबाट निधन भएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको आज पशुपति आर्यघाटमा सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
न्यौपानेको पार्थिव शरीरमा उनका छोरा सन्देशले दागबत्ती दिए । दागबत्ति दिनुअघि प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । त्यसअघि न्यौपानेको पार्थिव शरीर गौशालास्थित महानगरीय प्रहरी वृृत्तमा श्रद्वाञ्जलिका लागि राखिएको थियो । गौशालाबाट आर्यघाटसम्म न्यौपानेको शवयात्रा गरिएको थियो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम आर्यघाट पुगी न्यौपानेलाई श्रद्धाञ्जलि दिएका थिए । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारी, नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, सिँचाइमन्त्री एनपी साउद, नेपाली सेनाका कामु प्रधानसेनापति राजेन्द्र क्षत्री, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलगायत पूर्व र बहालवाला सुरक्षा निकायका अधिकारी न्यौपानेलाई श्रद्वाञ्जलि दिन गौशाला पुगेका थिए ।
सोमबार वरिष्ठ प्रहरी उपरीक्षक न्यौपानेसहितका सात सुरक्षाकर्मी र एक बालक आन्दोलनकारीको आक्रमणमा मारिएका थिए । स्व न्यौपानेका श्रीमती, एक छोरा र छोरी छन् ।
यसैबीच, भीमदत्तनगर– टीकापुरमा सोमबार हत्या गरिएका नेपाल प्रहरीका दुई प्रहरी निरीक्षकको आज गृहजिल्ला कञ्चनपुरमा अन्त्येष्टि गरिएको छ ।
मृत्यु भएका कञ्चनपुर झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर घर भएका बलराम विष्ट र बेलौरी नगरपालिका–८ विद्यानगर घर भएका केशव बोहराको आज धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरी निरीक्षक विष्ट र बोहराको शव आजै घरमा पुरयाइएको थियो । विष्टको महाकाली नदी र बोहराको दोदा नदीमा अन्त्येष्टि गरिएको हो । निरीक्षकद्वयको शव घरमा आइपुग्दा गाउँमा सन्नाटा छाएको थियो । उनीहरूको शवयात्रामा प्रहरी र सयौंँ सर्वसाधारण सहभागी भए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा