
लन्डन । ‘एक जना पत्रकार आएर बी पी कोइरालासंग साहित्यिक लेख मागे । बीपीले उत्तिनखेरै टेबलमा बसेर सरर… लेख्नुभयो र शिर्षक राख्ने काम मलाई दिनुभयो । त्यस्तै बीपीको हिटलर र यहुदी उपन्यासको पाण्डुलिपी पढेर पनि मैले केहि भन्ने मौका पाएको थिएं । यस्तो प्रतिभाका धनी बीपीले किन मलाई यो काम दिए होलान् भनेर धेरै नै चिन्तन दिमागमा रुमल्लियो’, साहित्यकार तथा नेपाली कांग्रेसका नेता बलदेव मजगैयांले लन्डनको एक कार्यक्रममा आफ्ना अतित सुनाइरहेका थिए ।
‘बीपीको व्यक्तित्वले साहित्यमा लाग्न प्रेरणा आयो मलाई, हुन त मेरो पहिलो कविता सात कक्षा पढ्दा नै लेखेको थिएं’, अन्तर्राष्ट्रिय वाङ्मय प्रतिष्ठान बेलायतले आयोजना गरेको भेटघाटमा साहित्यकार तथा नेता मजगैयांले नेपालको वर्तमान साहित्यिक तथा राजनीतिक क्षेत्रका विभिन्न पाटो उजागर गर्दै भने ।
बीबीसी नेपाली सेवाका भगिरथ योगीले नेपाली साहित्यबारे चर्चा गर्दै विशेष गरि कवितामा आफूले कलम चलाउन प्रयत्न गरेको बताएका थिए ।
अन्तर्राष्ट्रिय वाङ्मय प्रतिष्ठान बेलायतका अध्यक्ष विकलचन्द्र आचार्यले बेलायतको साहित्यिक गतिविधिबारे बोल्दै नेपालका साहित्यकारहरुसंगको सम्पर्क अरु घनिभूत हुनुपर्नेमा जोड दिए ।
महासचिव जया राईले आफ्नो साहित्यिक पृष्ठभूमिमा बोल्दै नेपालबाट आउने अग्रज साहित्यकारहरुको कुराले अरु हौसला बढ्ने बताइन् ।
उक्त अवसरमा दीर्घ शिक्षासेवी कृष्ण ढकाल, अशोक ढकाल लगायत उपस्थितको जिज्ञासालाई साहित्यकार तथा नेता मजगैयाँले जवाफ दिएका थिए ।
पारिवारिक भ्रमणमा हाल बेलायत आएका शान्त र सरल स्वभावका नेता मजगैयांले कुहिरो (उपन्यास), बी.पी. विचार बिन्दु, सङ्कल्प, चारु, नारमणि (लघु उपन्यास) जस्ता कयौं कृति लेखेका छन् । उनको जन्मस्थल दाङ हो ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी