काठमाडौँ, १६ साउन । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आइतबार अपराह्न चार बजेसम्म संविधान निर्माणमा देखिएका विवादित विषयलाई टुङ्गो लगाएर एकीकृत मस्यौदा तयार पार्ने भएको छ ।
समितिको आजको बैठकले विवादित विषयमा प्रमुख चार दलका शीर्षनेता सम्मिलित विशेष समितिको बैठक जारी रहेको र सहमतिको प्रयास जारी रहेका कारण भोलिसम्म एकीकृत प्रतिवेदन बनाउने निर्णय गरेको हो ।
सुझाव सङ्कलन तथा संविधान सुझाव समितिले यही साउन ४ र ५ गते देशव्यापी रूपमा गरेको जनमत सङ्कलनका क्रममा आएका सुझावलाई केन्द्रित गरेर सहमति जुटाउने अभियानमा प्रमुख चार दलका शीर्ष नेता सम्मिलित विशेष समितिले काम गरिरहेको छ ।
जनमत सङ्कलनको क्रममा जनताले दिएका ८०० भन्दा बढी सुझावलाई २०० मा झारेर त्यसलाई सुत्रबद्ध गरिएको छ भने ११ वटा विभिन्न बुँदामा विवादित विषयलाई केन्द्रित गरेको छ ।
प्रमुख विवादित विषयमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने कि नहुने, धर्म निरपेक्षता रहने कि धार्मिक स्वतन्त्रता उल्लेख गर्ने, प्रदेशको बनोट हिमाल, पहाड, तराई मिलाएर गर्ने कि प्रमुख दलहरूका बीचमा गत जेठ २५ गते भएको १६ बुँदे सहमतिअनुसार गर्ने भन्नेमा विवाद छ ।
यस्तै, सीमाङ्कन र नामाङ्कन गर्ने कि नगर्ने, निर्वाचित हुने नेतृत्वको शैक्षिक योग्यता तोक्ने कि नतोक्ने, राज्यका हरेक तहमा महिलाको सहभागिता ५० प्रतिशत कायम गर्ने कि विद्यमान व्यवस्थाअनुसार ३३ प्रतिशत मात्रै राख्नेलगायत विवाद छन् ।
जनमत सङ्कलनको क्रममा जनताले प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रमुखको व्यवस्था हुनुपर्ने, धार्मिक स्वतन्त्रता कायम गर्नुपर्ने सुझाव दिएका थिए । जनताको सुझावलाई कुनै न कुनै रूपमा सम्बोधन गर्नैपर्ने बाध्यता दलहरूका बीचमा छ ।
संवाद समितिका सभापति डा बाबुराम भट्टराईले जनमत सङ्कलनको क्रममा दिएका सुझावका आधारमा सहमति खोज्ने प्रयास जारी रहेको जानकारी दिँदै आइतबार ४ बजे बस्ने बैठकमा एकीकृत प्रतिवेदन बनाउने तयारी गरिएको बताए ।
उहाँले प्रमुख चार दलका शीर्ष नेता सम्मिलित विशेष समितिले जनताले दिएको सुझावलाई मध्यनजर गरी केही विवादित विषयमा सहमति जुटाएको र केही विषय अझै बाँकी रहेकाले सो अवधिसम्म सहमति जुट्ने विश्वाससमेत व्यक्त गरे ।
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ