लण्डन । गैर आवासीय नेपाली संघ बेलायतले विगतको आफ्नै निर्णय उल्ट्याउदै सदस्य नवीकरण र नयाँ सदस्यका लागि एक व्यक्तिले जतिसुकै सदस्यको फारम बुझाउन सक्ने गरि ढोका खुला गरेको छ ।
एनआरएनए युके निर्वाचनमा विगतमा देखिएका विकृति रोक्न करिब दुई महिनाअघि आफैले गरेको निर्णयलाई शनिवार १ अगस्ट साउथ इस्ट लण्डनमा बसेको कार्यसमिति बैठकलेले उल्ट्याउदै ढोका खोलेको हो ।
विगतमा एनआरएनए युके अध्यक्षका प्रत्यासीहरुले निर्वाचनमा बोरामा हालेर सदस्य फारम ल्याई बुझाउने र हुलाक मार्फत पनि उम्मेदवारहरुले घरमै पुगि भोट खसाल्ने गर्नाले विकृति र विसंगति भित्रिएको ठहर गर्दै करिब दुई महिनाअघि रोक्ने निर्णय गरेको थियो । जसमा एक जनाले बढीमा (परिवार र आफन्तसहित) १० जनासम्मको फारम बुझाउन सक्ने उल्लेख थियो । ‘वैकमा पैसा जम्मा गरेको रसिदसहित व्यक्तिगत रुपमा बुझाउने फारमको संख्या सीमित नराख्ने निर्णय कार्यसमितिले गरेको छ’, सचिव दासुराम पाण्डेले वीनेपालीसँग भने । ‘विगतमा पनि व्यालेटमा समस्या थियो’, सचिव पाण्डेले भने,‘सदस्यतामा कहिल्यै समस्या थिएन । त्यसैले विगतमा गरिएको गलत निर्णयलाई यो कार्यसमिति बैठकले सच्याएको छ ।’ यसअघिकै बैठकले पोस्टल भोटिङलाई भने खारेज गरिसकेको छ । एनआरएनए युकेका सदस्यहरुले यस पटक प्रत्यक्ष उपस्थित भएर मतदान गर्नुपर्नेछ ।
बैठकले सेप्टेम्बर १९ मा गर्ने भनिएको छैठौं अधिवेशनलाई सार्दै १२ सेप्टेम्बरमा गर्ने सैद्धान्तिक निर्णय गरेको छ । निर्वाचन समितिसँग सल्लाह गरेर अन्तिम निर्णय गरिने छ । निर्वाचन समितिका सदस्य सचिव रामशरण सिखडाले जारी गरेको पे्रस विज्ञप्ती सँग बाझिने गरि शनिवार कार्यसमितिले निर्णय गरेको छ । यता, निर्वाचन समितिका सदस्य सचिव सिंखडाले ‘निर्वाचनलाई प्रभाव पार्ने गरि केही प्रतिक्रिया नदिने’ बताए । कार्यसमितिको म्यान्डेट पाएर काम गरिसकेको अवस्थामा निर्वाचनको मिति हेरफेर गर्ने र सदस्यता नवीकरण खुकुलो पार्ने काम महेन्द्र कंडेलको कार्य समितिले गरेको हो ।
कार्यसमितिले स्कटल्याण्ड,वेल्स्, नर्दन आयरल्याण्ड र इंगल्याण्डमा कम्तीमा एक, एक निर्वाचन बुथ राख्ने निर्णय गरेको छ । इंगल्याण्डको साउथ इस्ट लण्डनस्थित उलवीचमा निर्वाचन बुथ तोकिएको छ । त्यसबाहेक के गर्ने भन्ने बारेमा निर्वाचन समितिसँग छलफल गरि अघि बढने निर्णय गरेको सदस्य फडिन्द्र भट्टराईले बताए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित