लन्डन । लिभरपुल नेपाली कम्युनिटीको पहिलो साधारणसभा तथा बीबीक्यू पार्टी गत २६ जुलाईमा सम्पन्न भएको छ । उक्त साधारणसभामा सचिव सुरेश पुनले स्वागत मन्तव्य र कोषाध्यक्ष बब गुरुङले संस्थाको हालसम्मको सम्पूर्ण आय व्यय प्रस्तुत गरे । संस्थाकातर्फबाट अध्यक्ष कुमार घर्तीले हालसम्म संस्थाको विभिन्न कार्य विवरण पेश गर्दै भूकम्प पीडितहरुको सहयोगार्थ संकलित रकमबारे जानकारी गराएका थिए ।
तीन सत्रमा विभाजित कार्यक्रममा पहिलो सत्र साधारण सभापछि संस्थाको नयां कार्य समितिमा प्रवेश गरेको थियो । नयां कार्यसमिति निर्वाचनका लागि ४ सदस्यीय समिति गठन गरिएको थियो जसमा प्रोफेसर डा. पदम सिम्खडा, डा हेमराज शर्मा, इन्जिनियर प्रवीन घिमिरे र डा. शम्भु आचार्य थिए । तर, सर्वसम्मत कार्यसमिति चयन भएको छ जसमा संस्थाको अध्यक्षमा पुनः समाजसेवी कुमार घर्ती, उपाध्यक्षमा नवराज अधिकारी, सचिव डा. सुरेश पुन, सह सचिवमा करिश्मा तिवारी सहित १० सदस्यीय नयां कार्य समिति गठन भएको छ ।
कार्यक्रमको दोस्रो सत्रमा भूकम्प पीडितहरुको सहयोगार्थ विभिन्न कार्यक्रममा सहयोग गर्ने स्वयं सेवकहरुलाई समाजका तर्फबाट प्रोफेसर पदम सिम्खडा, डा हेम राज शर्मा र नव निर्वाचित अध्यक्ष कुमार घर्तीले सम्मान पत्र प्रदान गरे । साथै अध्यक्ष घर्तीले हालै एसोसियट डिनमा पदोन्नति भएका लिभरपुल जोन मोर युनिभर्सिटीका प्रोफेसर डा. पदम सिम्खडालाई खादा ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष घर्तीले संस्थामार्फत भविष्यमा नवीनतम कार्यका लागि अझै बढि थप प्रयास गर्ने बताए । कार्यक्रममा बोल्दै प्रा. सिम्खडाले आफू जहिले पनि नेपाल र नेपालीको सहयोग गर्न तयार रहेको बताए । हालसम्म धेरै जना नेपाली विद्यार्थीलाई उच्च शिक्षाका लागि बेलायतको विभिन्न युनिभर्सिटीमा सहयोग गरिसकेको उल्लेख गर्दै उनले आगामी दिनमा अझै बढि सहयोग गर्ने प्रण गरे ।
मन्तव्यका क्रममा डा. हेम राज शर्माले संसारको जुनसुकै देशमा बसेपनि नेपालमा विपत् पर्दा प्रवासमा बस्ने नेपालीलाई झनै पीडा पर्ने जनाउंदै लिभरपुल नेपाली कम्युनिटीले सिन्धुपाल्चोकमा विद्यालय निर्माणका लागि सहयोग गर्ने जानकारी दिए । लिभरपुल नेपाली कम्युनिटीले विभिन्न कार्यक्रम गरि संकलन गरेको २० हजार पाउण्डबाट सिन्धुपाल्चोक मा विद्यालय निर्माण गरिने छ ।
कार्यक्रमको अन्तिम सत्रमा बीबीक्यू पार्टी तथा सांगीतिक कार्यक्रम भएको थियो ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा