काठमाडौंँ, ३१ असार । सरकारले करिब १० हजार ७८ श्रमजीवी पत्रकारको दुर्घटना बिमा आगामी कात्तिक महिनादेखि गरिदिने भएको छ ।
नेपाल पत्रकार महासङ्ले उपलब्ध गराएको तथ्याङ्कलाई आधार मान्दा सो सङ्ख्या दुर्घटना बिमाका लागि योग्य मानिएको सूचना विभागले जनाएको छ । दुर्घटना बिमाको रकम रु पाँच लाख कायम गरिएको छ । बिमाका लागि सरकारले रु तीन लाख ७५ हजार र श्रमजीवी पत्रकारले रु एक लाख २५ हजार लगानी गर्नुपर्ने विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले आज आयोजित कार्यक्रममा जानकारी दिए ।
बिमाका लागि योग्य सदस्य हुन नेपाल पत्रकार महासङ्घको सदस्यता र सूचना विभागले जारी गरेको पत्रकार परिचयपत्र अनिवार्य लिएको श्रमजीवी र स्वतन्त्र पत्रकार हुनुपर्ने पत्रकार दुर्घटना बीमा (ब्यबस्थापन) निर्देशिका,२०७० मा उल्लेख छ । निर्देशिकाले स्वतन्त्र पत्रकारका लागि ५० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार र दुर्घटनाको कारण भएको खर्चको रु दुई लाखसम्मको उपचार खर्चसमेत व्यहोर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।
पत्रकार दुर्घटना बिमाको सरल र प्रभावकारी व्यवस्थापन गर्न बिमा कार्यविधि र बिमा नीति बनाइएको छ, जसको अनुगमनका लागि विभाग र महासङ्घका प्रतिनिधि रहेको उपसमिति गठन गरिएको छ । कानुनमा पत्रकारले परिचय र नियुक्तिपत्र लिएर मात्र समाचार सङ्कलन, सम्पादन तथा उत्पादन गर्न पाइने उल्लेख छ ।
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण