लन्डन । लण्डनको इलिंग ब्रोडवेस्थित ‘हंग्री यति’ रेस्टुरेन्टका प्रोपाईटर माधव श्रेष्ठ तथा श्रीमती निला श्रेष्ठले ‘एन ईभिनिंग फर गोर्खा’ नामक च्यारिटी कार्यक्रमा बेलायत आएका नेपालका वरिष्ठ गायकहरुको सम्मानमा रात्रि भोज आयोजना गरे।
गायक दिप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्यलाई श्रेष्ठ दम्पतिद्वारा खादा तथा पुष्प गुच्छासहित सम्मान गरिएको उक्त साँझमा आयोजक कमिटीका पत्रकार भगिरथ योगी एवं प्रसिद्ध प्रधानको पनि उपस्थिति थियो ।
हेल्प नेपाल नेटवर्कद्वारा सम्पन्न उक्त च्यारिटी कार्यक्रमका अन्य अधिकांश कलाकारहरु भने नेपाल फर्किसकेका छन्। बोल्ने कार्यक्रम नराखिएको विशेष साँझमा गायक योगेश्वर अमात्यले भने – ‘तपाईंहरुको माया, सम्मानले गर्दा यहाँसम्म आईपुगेका छौं। हामीहरुलाई निरन्तर माया गरिरहनु होला।’
कुराकानीको क्रममा यो पंक्तिकारसंग श्रीमती निला श्रेष्ठले बताइन्- ‘कलादेखि हामी अछुतो रहन सक्दैनौं। कलाकार भनेको राष्ट्रका गहना हुन्। थिएटरमा पुगेर टिकट काटेर हेर्नु/सुन्नुको अलावा, सकिन्छ भने वहाँहरुको सम्मानमा किन भेटघाट-सम्मान नगर्ने ?’
बेलायत आउने प्राय: कलाकारहरुको सम्मान हंग्री यति परिवारले निरन्तर गर्दै आइरहेको थप जानकारी उनले दिइन्।
धरान निवासी, श्रेष्ठ दम्पति दुई दशकभन्दा बढी समयदेखि बेलायतमा बसोबास गर्दै रेस्टुरेन्ट व्यवसायमा छन् ।
सो विशेष साँझका लागि कलाकारको आमन्त्रण संयोजन कलाकर्मी शशि थापा सुब्बाले गरेकी थिइन् भने सहयोग रेडियो राईनो एवं गोर्खा च्यानेलका संचारकर्मी रंजित बस्नेतको थियो। कार्यक्रम संचालन लाराले गरेकी थिइन्।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ