लण्डन । तमु धिँ युकेका पूर्व अध्यक्ष कमल गुरुङले एनआरएन युकेको आगामी सेप्टेम्बरमा हुने अधिवेसनमा अध्यक्ष पदका लागि उम्मेदवारी दाबी गरेका छन् ।
एनआरएन युकेमा भएका अार्थिक अपचलनका बारेमा छानबिन गर्न गठित समितिका संयोजक समेत रहेका गुरुङले विगत साढे चार महिनामा आफूले एनआरएन युकेको अार्थिक हिसाबकिताब अनुसन्धान गर्दा हरेक कुरा नजिकबाट नियाल्ने मौका पाएको उल्लेख गर्दै भने, ‘एनआरएनमा व्याप्त गुटबन्दी अन्त्य गरी नेपाली समुदायलाई एक ढिक्का पार्न मैले उम्मेदवार हुने निर्णय गरेको हुँ ।’
तमुधिँ युकेकै पूर्व अध्यक्ष मुच्छेत्र गुरुङले यसअघि नै सो पदमा उम्मेदवारी घोषणा गरिसकेको परिप्रेक्ष्यमा तपाईहरु दुवै जना उम्मेदवार हुने हो कि एक जना मात्र भन्ने प्रश्नमा विगतमा लेबोर पार्टीको नेतृत्वका लागि दाजुभाइ नै प्रतिस्पर्धामा उत्रेको उदाहरण दिँदै उनले भने, ‘यो एउटा प्रजातान्त्रिक प्रक्रिया हो । त्यसैले संस्थालाई राम्रो गर्छु भनेर धेरै साथीहरु आउन सक्नुहुन्छ । यो सबैको अधिकारको कुरा पनि हो ।’
धेरै साथीहरुले एनआरएनको नेतृत्वका लागि अाग्रह गरेको र आफूलाई पनि विभाजित समाजलाई एकतावद्ध बनाउनुपर्छ भन्ने लागेकाले उम्मेदवारी घोषणा गरेको उनले बताए ।
विगतका एनआरएनको निर्वाचनमा बोराका बोरा मतदाता बनाउने गरेको उल्लेख गर्दै तपाई पनि त्यसै गर्नुहुन्छ कि भन्ने प्रश्नमा उनले भने -मतदाता किनेर जित्नुभन्दा नउठेकै बेस ।
उनले युकेका सबै नेपाली संघ संस्था र नेपालीहरुलाई समेट्ने गरी टीम निर्माण गर्ने पनि बताए ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा