काठमाडौँ, २६ असार । भूकम्पका कारण सबैभन्दा बढी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति प्रभावित भएका छन् ।
विश्व जनसङ्ख्या दिवसका अवसरमा नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका प्रतिनिधि जुलियाभलिसीद्वारा शनिवार जारी विज्ञप्तिमा भूकम्पबाट ज्यादा असर परेका १४ जिल्लाका मात्रै ८० लाख मानिस प्रभावित छन्, जसमध्ये १५ लाख महिला प्रजनन उमेरका छन् ।
“प्रजनन स्वास्थ्यसँग सम्बन्धित जटिलता साधारण अवस्थामै पनि बच्चा पाउने उमेरका महिला बिरामी पर्ने र मर्ने प्रमुख कारणका रूपमा रहिआएका छन्, त्यसैले मानवीय सङ्कटको यस्तो परिस्थितिमा यस्ता घटना अझ विकराल रूपमा बढ्न सक्नेछन्” – विज्ञप्तिमा भनिएको छ ।
कोषका अनुसार स्वास्थ्य संस्थामा क्षति र स्वास्थ्य सेवामा अवरोधका साथै सुरक्षित सुत्केरी, आकस्मिक प्रसूतिसम्बन्धी रेखदेखजस्ता प्रजनन स्वास्थ्य सेवामा पैदा भएको व्यवधानका कारण धेरै महिला खास गरी गर्भवती र स्तनपान गराइरहेका आमा तथा वयस्क किशोरी भूकम्प प्रभावित जिल्लामा बढ्दो स्वास्थ्यसम्बन्धी जोखिम सामना गरिरहेका छन् ।
यस्तो आपत्कालीन समयमा लैङ्गिक हिंसा, यौन शोषण, एचआइभी सङ्क्रमण, मानव बेचबिखन, बालविवाह अनिच्छित गर्भधारणलगायत विषम परिस्थितिका परिणामबाट गुज्रनुपर्न सक्ने हालै सार्वजनिक भएको भूकम्पपछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ । विश्वव्यापी रूपमा मानवीय सङ्कटका परिस्थितिमा प्रत्येक पाँचमध्ये एक महिला र वयस्क युवती गर्भवती हुन सक्ने अनुमान छ ।
यस वर्षको विश्व जनसङ्ख्या दिवसले आपत्कालीन अवस्थाका कमजोर जनसङ्ख्यालाई मुख्य जोड दिएको छ, जसमा नेपालका भूकम्प प्रभावित महिला र वयस्क किशोरीका खास आवश्यकतालाई उजागर गरिने छ ।
नेपालमा यस वर्ष विश्व जनसङ्ख्या दिवसको नारा “जोखिमका जनसङ्ख्यालाई सहयोग गरौँ, विपत् मानव निर्माणको ऊर्जा बनौँ” भन्ने छ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान