क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण

लन्डन । पञ्चासे हर्पनडाँडा समाज यूकेले क्यान्सरपीडित पन्जासिङ घलेलाई ८ लाख ६० हजार सहयोग हस्तान्तरण गरेको छ ।

शनिबार ३० मे २०२६ मा बिहान पन्जासिङकै निवासमा पञ्चासे हर्पनडाँडा समाज यूकेका प्रतिनिधि रणबहादुर गुरुङले सहयोग रकम उनकी श्रीमती उषा घलेलाई हस्तान्तरण गरेका समाजसेवी सविन गुरुङले जानकारी दिनुभएको छ ।

पुरानो ठेगाना मकानपुर, हाल पोखरा महानगरपालिका-२३ कार्कीको तगारो निवासी ४२ वर्षीया पन्जासिङ घले विगत १ वर्षदेखि बिरामी अवस्थामा हुनुहुन्छ ।

पीडित घलेकी श्रीमती उषा घलेले परिवारको तर्फबाट पन्चासे हर्पनडाँडा समाज यूकेलाई धेरै धन्यवाद दिनुभएको छ ।

समाजले नेपालमा स्वास्थ्य, शिक्षा, खेलकुदलगायत विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ ।

Screenshot

पञ्चासे हर्पनडाँडा समाज यूके स्थापना सन् २०१२ मा भएको हो । सन् २००४ सालमा बेलायत सरकारले भूपू गोर्खा परिवारहरुलाई आवासीय भिसा प्रदान गरेपश्चात् बेलायतमा बसोबास गर्ने नेपालीहरुको क्रम पनि बढ्न थाल्यो र संस्थाको आवश्यकता महसुस गरी उक्त संस्थाको स्थापना भएको हो ।

यस संस्थामा कास्की जिल्ला पञ्चासे वरीपरीका गाउँहरु सिधाने, कुद्-बिडाँडा, दम्दमे, मकनपुर र हर्पन गाउँका गाउँले परिवारहरु आबद्ध रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री