
लन्डन । श्रम संस्कृति समाज बेलायतको अन्तरिम समिति निर्विरोध चयन गरिएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा राम ईजमको अध्यक्षतामा १६ मे २०२६ मा आयोजित सभाले मनोज पुनको संयोजकत्वमा समिति गठन गरेको हो । सहसंयोजक डा. महा राई, चन्द्रकला आवजुङ, अनिता राई, राम पोमु, सुरज राई, सचिव रुपेशकुमार काफ्ले, सहसचिव विश्वकाजी राई, कोषाध्यक्ष विर आले, सहकोषाध्यक्ष मनिकला राई गुरुङ चयन भएका नर थाम्सुहाङले जानकारी दिनुभयो ।
सदस्यहरूमा गंगादेवी राई, नविन राई, सुदिन राई, सोनाम सेनेहाङ, पृथ्वी चोङ्बाङ, नारायण श्रेष्ठ, मोहन गुरुङ, प्रभा सुब्बा रोस, नर्बु लामा, दिल बिक्रम सम्बाहाङ्फे, सञ्चुना राई, मिलन राई, यमुना राई, एलिसा साम्पाङ, सन्तोष राई, दिनेश राई, ओम थापा, विशाल लिम्बु, मित्र सावा रहनुभएको छ ।
समिति गठन गर्नुअघि कार्यक्रमबारे सभाध्यक्ष ईजमले विस्तृत रूपमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कृष्ण लिङ्देनले राख्नुभएको थियो । श्रम संस्कृति समाज गठनको उद्देश्य र श्रम संस्कृति पार्टीसँगको अन्तरसम्बन्धबारे राम पोमु, डा. भिम पुन, मनोज पुन, विपना लिम्बु, मनिकला राई गुरुङ, महेश कुमार वनेम, तथा आमन्त्रित वक्ता भगवान चाम्लिङलगायत वक्ताले आफ्नो धारणा राख्नुभएको थियो ।
निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सभाध्यक्ष राम ईजमले बधाई तथा शुभकामना दिनुभएको थियो । उहाँले ऐतिहासिक कार्यक्रमलाई सफल बनाउन भूमिका खेल्ने अग्रज बुद्धिजीवी, आर्थिक तथा नैतिक रूपले सहयोग गर्ने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन गठन पहल समितिका सचिव रहनुभएका नर थाम्सुहाङले गर्नुभएको थियो ।
सभामा श्रम संस्कृति पार्टीप्रति आस्था र विश्वास राख्ने बुद्धिजीवी, समाजसेवी, अग्रज श्रमदाता तथा आर्थिक दाताहरूको भव्य उपस्थिति रहेको थियो।
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
अमेरिकामाथि नेपालको जित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
इजरायल – लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती : अमेरिकी विदेश विभाग
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा