
लन्डन । तमु समाज यूकेले नेपालका निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि निष्पक्ष र गहन छानबिन सुनिश्चित गर्न माग गरेको छ ।
अध्यक्ष विन्दु कुमारी गुरुङ घले र महासचिव सुब घलेले सोमबार ४ मे २०२६ मा प्रेस विज्ञप्ति जारी गर्नुहुँदै सुधन गुरुङसँग सम्बन्धित पछिल्लो घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सबै आरोपहरुको निष्पक्ष, तथ्यपरक र गहन छानबिन सुनिश्चित गर्न माग गर्नुभएको हो । छानबिन प्रक्रिया राजनीतिक दबाब वा पूर्वाग्रहबाट प्रभावित हुन नहुने र कानुनी प्रक्रियाअनुरूप अघि बढ्नुपर्ने तमु समाज यूकेको जोड छ ।
‘उठाइएका सबै आरोपहरूको निष्पक्ष, तथ्यपरक र गहन छानबिन सुनिश्चित गरियोस् । छानबिन पूरा नभएसम्म दोषी ठहरिएको जस्तो व्यवहार नगर्ने संवैधानिक मान्यतालाई कडाइका साथ पालना गरियोस्,’ समाजको विज्ञप्तिमा छ, ‘निर्णय प्रक्रियामा पूर्वाग्रह, राजनीतिक दबाब वा समूहगत प्रभाव नपरोस् भन्ने सुनिश्चितता गरियोस् ।’
यदि छानबिनका प्रारम्भिक वा अन्तिम निष्कर्षहरूले उनमाथि लगाइएका आरोपहरू पुष्टि नगर्ने देखिएमा, प्रक्रियागत न्यायको सम्मानस्वरूप उनलाई पूर्वस्थितिमा पुनर्बहाली गर्ने विषयमा राज्यले आवश्यक ध्यान दिनु उपयुक्त हुने तमु समाज यूकेको धारणा छ ।
तमु समाज यूकेले अनुसन्धानका क्रममा व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने किसिमका गतिविधि नगर्न तथा लोकतान्त्रिक मूल्य–मान्यता कायम राख्न आग्रह गरेको छ। संस्थाले यस विषयलाई कुनै व्यक्तिको समर्थन वा विरोधका रूपमा नभई कानुनी शासन र न्यायिक प्रक्रियाको सम्मानका रूपमा उठाएको स्पष्ट पारेको छ । साथै, राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजलाई जिम्मेवार भूमिका निर्वाह गर्न पनि अपिल गरिएको छ ।
विवादित व्यवसायीसँग व्यावसायिक साझेदारी देखिएपछि गुरुङले वैशाख ९ मा गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
नेपाल सरकार मन्त्रिपरिषद् बैठक : संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]
गुल्मी जिल्ला समाज यूकेको अध्यक्षमा मञ्जु भण्डारी खरेल निर्वाचित
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन