
लन्डन । बेलायतस्थित नेपाली राजदूतावासले गैरआवासीय नेपालीका सन्ततिहरूलाई नेपालसँग जोड्ने उद्देश्यले ‘वान चाइल्ड, वान प्लान्टः अ डे एट द नेपाल एम्बेसी’ कार्यक्रम आयोजना गर्ने भएको छ।
दूतावासले जारी गरेको सूचनाअनुसार बेलायतका विभिन्न विद्यालयमा अध्ययनरत ५ देखि १५ वर्ष उमेर समूहका नेपाली मूलका बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कार्यक्रमअन्तर्गत सहभागी बालबालिकाले दूतावास परिसरमा फूल तथा बिरुवा रोप्नेछन् ।
बालबालिकालाई राजदूतावासको भ्रमण गराउनुका साथै नेपालप्रतिको लगाव अभिवृद्धि गर्ने, नेपाली संस्कृति र मूल्य–मान्यताबारे सचेत गराउने तथा वातावरणीय चेतना विकास गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ।
कार्यक्रम आउँदो शनिबार, २५ अप्रिल २०२६ मा बिहान १० बजेदेखि दिउँसो १:३० बजेसम्म लन्डनस्थित दूतावास परिसर, १२ए केन्जिङ्टन प्यालेस गार्डेन्समा सञ्चालन हुनेछ । दूतावासका अनुसार कार्यक्रममा सीमित संख्यामा मात्र बालबालिकालाई सहभागी गराइने भएकाले इच्छुक अभिभावकलाई आफ्ना बालबालिकाको नाम अग्रिम रूपमा दर्ता गराउन आग्रह गरिएको छ। नाम दर्ता गर्ने अन्तिम मिति १७ अप्रिल २०२६ तोकिएको छ ।
विस्तृत जानकारीको लिंक https://uk.nepalembassy.gov.np/content/74/information-regarding-participation-in-one-child-one-plant-program/

तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]