लन्डन । पांचौं ग्रीनवीच कप आगामी २ अगष्टमा हुने भएको छ । साउथ इष्ट रिजनल तमुधिं लन्डन र नेपाली युथ एसोसिएसन यूकेले संयुक्त रुपमा ग्रीनवीच कप गर्न लागेका हुन् ।
आइतबार गोर्खा क्लव प्लमस्टिडमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले रोयल आर्टिलरी ब्यारेक्स्, उलवीचमा कप हुने जनाए । प्रथम हुने टिमलाई १५ सय पाउण्ड पुरस्कार तोकिएको उक्त कपमा भलिवल प्रतियोगिता समेत एकसाथ हुने जनाइएको छ । भलिवल एकसाथ हुन लागेको यो वर्ष दोश्रो हो । आयोजकले फुटबल प्रतियोगितामा करिब दुई दर्जन र भलिवलमा कम्तीमा ४ टिम सहभागी हुने अपेक्षा व्यक्त गरेका छन् ।
आयोजक मध्ये एक नेपाली युथ एसोसिएसन यूकेका अध्यक्ष हरि गुरुङले प्रतिभावान युवाहरुलाई अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको जनाए । ‘प्रतियोगितामा सबै क्षेत्र र वर्गलाई ढोका खुल्ला छ’, गुरुङले जनाए ।
साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष श्रीचन्द्र गुरुङले युवाहरुलाई कुलततिर लाग्नबाट रोक्न यस्ता प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमा ग्रीनवीच कपका संयोजक साइजल गुरुङ र सुमन गुरुङले प्रतियोगिता तयारीबारे अवगत गराएका थिए ।
ग्रीनवीच क्लवले सन् २०११ देखि शुरु गरेको ग्रीनवीच कप पछि नेपाली युथ एसोसिएसन यूकेले जिम्मा लिएको हो ।
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग
इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
इरानले शान्ति प्रस्ताव अस्वीकार गरे पुनः आक्रमण गर्ने अमेरिकाको चेतावनी
लन्डनमा गुञ्जियो नेपाली हिपहप
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान