
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन सरेको छ ।
नेपालमा हुन लागेको प्रतिनिधिसभा निर्वाचन र तयारी अपुग भएको भन्दै आगामी १४-१६ मार्च २०२६मा हुने गरी बृहत् एकताको १२ औं महाधिवेशन सारिएको हो । एनआरएनएको बृहत् एकतापश्चात् गठित स्टेरिङ कमिटीले यसअघि सन् २०२६ फेब्रुअरी २३, २४ र २५ तारिखमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
‘गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) बृहत् एकताको १२ औं महाधिवेशन तयारी प्रक्रिया अझै पूर्ण नभएको तथा सबै पक्षलाई सहमतिमा ल्याई बृहत् एकताको भावनाअनुसार महाधिवेशन सम्पन्न गर्ने उद्देश्यले पूर्वनिर्धारित मितिमा केही परिमार्जन गरिएको जानकारी गराइन्छ,’ एनआरएनएद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘संघको बृहत् एकतापश्चात् गठन भएको स्टेरिङ कमिटीले सम्पूर्ण प्रक्रिया पारदर्शी, समावेशी र सहमति मूलक ढंगले अघि बढाउने प्रतिबद्धताका साथ १२ औं बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशन १४-१६ मार्च २०२६ मा सम्पन्न गर्ने निर्णय गरेको छ र सोहीअनुसार तयारी कार्य तीव्र रुपमा अघि बढाइएको छ ।’

नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता