
काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वर्ल्ड रेकर्ड राख्न सफल दिनेश सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । इन्टरनेशनल इन्टर्नशीप युनिभर्सिटीले हालै स्पोर्टस् साइन्स एण्ड ह्युमन पर्फमेन्समा मानार्थ विद्यावारिधि दिएको हो ।
विश्वभर केबल असाधारण नेतृत्व र प्रेरणादायी योगदान दिने व्यक्तिहरूलाई प्रदान गरिने सो उपाधि अन्तरराष्ट्रिय रूपमा प्रशंसित पार्कर खेलाडी, उत्कृष्ट जिम्नास्ट, स्टन्ट कलाकार र सहनशीलताको विश्व दूतका रूपमा अन्तरराष्ट्रिय ख्याति कमाएका नेपालका डा सुनारले पहिलोपटक पाउनुभएको हो ।
सन् २०२५ मा विश्वभरबाट उहाँसहित जम्मा चार जनालाई सो सम्मान प्रदान गरिएको थियो । उहाँ भन्नुहुन्छ, “यो सम्मानले दृढ सङ्कल्प र अवसरले सफलता सम्भव हुन्छ भन्ने कुराको पुष्टि भएको छ, साथै नेपालको प्रतिष्ठालाई अन्तरराष्ट्रिय जगतमा बढाउन मद्दत पुग्नेछ ।”
नेपालको प्रतिनिधित्व गर्दै उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय जिम्नास्टिक्स प्रतियोगितामा धेरैपटक स्वर्ण पदक जित्न सफल हुनुभएको छ । अमेरिकास्थित वर्ल्ड फ्रि रनिङ पार्कर फेडरेशनको प्रशिक्षक रहनुभएका उहाँ सन् २०२४ देखि अमेरिकी पार्कर एम्बेसडरका रूपमा संस्कृति र महादेश जोड्दै स्वतन्त्रता, गति र आत्मअभिव्यक्तिको विचार बाँडिरहनुभएको छ । उहाँले बलिउड, कोलिउड र नेपाली चलचित्रमा ५० भन्दाबढी स्टन्ट प्रदर्शन गरिसक्नुभएको छ । भविष्यमा नेपालमा व्यावसायिक पार्कर एकेडेमी स्थापना गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ ।
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’