
लन्डन । चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।
४२ वर्षीय तामाङको आइतबार ११ जनवरी २०२६ मा दिल्लीमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै निर्माता राजेश कौशलले जनाएको विभिन्न सञ्चारमाध्यमले लेखेका छन् । तामाङको हृदयघातका कारण निवासमै मृत्यु भएको जनाइएको छ ।
हृदयघात भएर नयाँ दिल्लीको द्वारकास्थित एक अस्पतालमा पुर्याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।
प्रशान्त भारतीय मूलका नेपालीभाषी गायक हुनुहुन्छ । तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुनुभएको थियो । उहाँले गोर्खा पल्टन, परदेशीलगायत केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिनुभएको थियो । उहाँका असारे महिनामालगायत थुप्रै चर्चित गीत रहेका छन् ।
४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङले साधारण पृष्ठभूमिबाट राष्ट्रियस्तरको ख्याति हासिल गर्नुभएको थियो ।
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने नेपाली कांग्रेसको निर्णय
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता