
काठमाडौँ । विश्व प्रतिष्ठित फिल्म महोत्सव बर्लिन अन्तरराष्ट्रिय फिल्म फेस्टिबलअन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’मा यो वर्ष नेपालबाट चार फिल्मकर्मी छनोट भएका छन् ।
एक सय २० देशबाट आवेदन परेका तीन हजार ४३८ बाट छानिएका दुई सय ट्यालेन्ट्मा नेपालबाट जानकी कडायत, रामकृष्ण पोख्रेल, निमागेलु शेर्पा र रीना मोक्तान छनोट हुनुभएको छ ।
“सन् २०२६ को ट्यालेन्टलाई यहाँहरूमाझ प्रस्तुत गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ । ट्यालेन्टको यो समूहमा आफ्नो काममार्फत परिवर्तनको संवाहक बनिरहेका त्यस्ता फरक आवाजहरू समेटेका छौँ, जसमा अवार्ड विजेतादेखि थुप्रै प्रतिभा अटाएका छन्”, फेस्टिबलले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फ्रेब्रुअरी १२ देखि जर्मनीको बर्लिनमा आयोजना हुने यो फेस्टिबलअन्तर्गतको प्लेटफर्ममा फिल्म क्षेत्रका विभिन्न १५ क्षेत्रमा प्रतिनिधित्व गर्ने प्रतिभालाई छानिएको विज्ञप्तिमा उल्लेख छ ।
प्लेटफर्मले सम्बन्धित विधामा वर्कशप, अन्तक्र्रिया र नेटवर्किङ गराउने गर्छ । विश्वका फिल्मकर्मीलाई जोड्ने, सृर्जनशील काममा सहकार्य गराउने यो प्लेटफर्ममा अहिलेसम्म १० हजारभन्दा बढी ‘आल्मुनाइ’ छन् । यो प्लेटफर्मको यो वर्षको नारा ‘क्रियटिङ (एण्ड) कन्फ्युजन–सिनेमा, केयस एण्ड द पावर’ हो ।
गत वर्ष सुशान्त श्रेष्ठ र सुशन प्रजापति यो प्लेटफर्ममा छनोट हुनुभएको थियो । यो वर्ष ‘प्रड्युङ’तर्फ रामकृष्ण पोख्रेल छनोट हुनुभएको छ । जानकी कडायत भने कस्ट्युम डिजाइनतर्फ छनोट हुनुभएको हो ।
काठमाडौँ विश्वविद्यालय (केयु)मा तीन वर्षदेखि फिल्म पढाउँदै आएका निमा गेलु शेर्पा भने यो प्लेटफर्ममा दोस्रोपटक छानिनुभएको हो । यो वर्ष ‘क्रिटिक’तर्फ कान्तिपुरकर्मी मोक्तान छनोट हुनुभएको हो । कान्तिपुरमा फिल्म, थिएटर र सङ्गीतमा कलम चलाउँदै आएकी मोक्तान फिल्म समीक्षक समाजकी महिला उपाध्यक्ष हुनुहुन्छ ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता