
टेक्सस (अमेरिका) । प्रवासी नेपालीको मागबमोजिम टेक्ससको ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै नेपाली सेवाग्राहीलाई राहत मिलेको छ ।
करिब ७० दिनअघि स्थापना भएको महावाणिज्यदूतावासबाट एक हजार २६० जना नेपालीलाई ‘कन्सुलर’ सेवा प्रदान गरिएको छ । नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा)द्वारा ड्यालसमा आयोजित स्थानीय पत्रकार तथा नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा दूतावासका प्रवक्ता प्रवीण भट्टराईले दूतावास खुलेको छोटो अवधिमा ६९२ जनालाई पासपोर्ट र ५६८ जनालाई मन्जुरीनामा, ट्राभल डकुमेण्टसहितको कन्सुलर सेवा प्रदान गरेको जानकारी दिनुभयो ।
यसैगरी महावाणिज्यदूत सुरेश अधिकारीले नेपाली समुदायको उल्लेख्य बसोबास रहेको यस क्षेत्रमा कार्यालय खुलेसँगै सेवाग्राही उत्साहित भएको उल्लेख गर्दै सेवाग्राहीको मागबमोजिम छिटोछरितो ढङ्गबाट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कार्यालय समयभित्र आएका कुनै पनि सेवाग्राही सेवा नलिई फर्कनु नपर्ने गरी दूतावासले काम गरिरहेको जानकारी दिँदै आवश्यक सूचनाका लागि दूतावासको फेसबुक पेज तथा वेबसाइट अवलोकन गर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तथा वरिष्ठ पत्रकार हरिहर वीरहीले प्रवासमा नेपालीहरूको बसोबास उल्लेख्य रूपमा बढ्दै गएको उल्लेख गर्दै नेपाली मिडियाले सामुदायिक पत्रकारितामार्फत समुदायलाई सचेत बनाउने कार्यमा विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी पत्रकारहरू नारायण पुरी, विनय देवकोटा, भीमसेन राजबहाक, सुनिल खड्का तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका का प्रवक्ता सन्देश उप्रेतीलगायत सहभागीहरूले महावाणिज्य दूतावासका सेवाहरूलाई अझ प्रभावकारी बनाउने सन्दर्भमा सुझाव प्रस्तुत गर्नुभएको थियो ।
नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष सुरज भण्डारीको अध्यक्षता तथा क्षेत्रीय संयोजक ओम आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेजाका सचिव शङ्कर थापाले ड्यालसमा महावाणिज्यदूतावास खुलेपछि प्रवासी नेपालीलाई राहत मिलेको बताउँदै दूतावासबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन आपसी सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता